BIZMANDU
www.bizmandu.com

निषेधाज्ञाले छोएन बैंकलाई, बजार ठप्प हुँदा पनि ४९ अर्ब व्यापार बिस्तार, निक्षेप वृद्धि कम

२०७८ जेठ ३१

निषेधाज्ञाले छोएन बैंकलाई, बजार ठप्प हुँदा पनि ४९ अर्ब व्यापार बिस्तार, निक्षेप वृद्धि कम
निषेधाज्ञाले छोएन बैंकलाई, बजार ठप्प हुँदा पनि ४९ अर्ब व्यापार बिस्तार, निक्षेप वृद्धि कम

Tata
GBIME
Nepal Life

काठमाडौं। जेठ महिनामा बैंकहरुले ३२ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन्। निषेधाज्ञाका कारण आन्तरिक बजार बन्द छ। वैदेशिक व्यापार मात्र चालु छ।

बैंकरका अनुसार, केही अतिआवश्यकीय आन्तरिक र अधिकांश बाह्य ऋण प्रवाह भएको हो। एक जेठमा मात्र बैंकहरुले २६ अर्ब रुपैयाँ निक्षेप उठाएका छन्।

पछिल्लो एक सातामा बैंकहरुले ८ अर्ब ऋण दिएका छन् भने १३ अर्ब रुपैयाँ निक्षेप उठाएका छन्। सरकारले वैशाख १६ गतेबाट राजधानीमा निषेधाज्ञा सुरु गरेको छ। अहिले ७५ जिल्लामा निषेधाज्ञा छ।

निषेधाज्ञा सुरु भएयता मात्र ४९ अर्ब रुपैयाँले ऋण बढेको छ भने निक्षेप ५९ अर्ब रुपैयाँले बढेको छ। अहिले बैंकहरुसँग कुल निक्षेप ३९ खर्ब ८२ अर्ब रुपैयाँ छ। पछिल्लो साता ११ अर्ब विदेशी मुद्राको निक्षेप बढेको छ। कुल ऋण ३६ खर्ब ४२ अर्ब रुपैयाँ पुगेको छ। 

बैंकहरुले चालु आर्थिक वर्ष मात्र ७ खर्ब ३९ अर्ब रुपैयाँ ऋण बिस्तार गरेका छन्। यो अवधिमा ४ खर्ब ९५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्।