BIZMANDU
www.bizmandu.com

राजस्व घटेपछि लक्ष्मी इन्टरकन्टिनेन्टल विद्युतीय गाडीमा एग्रेसिभ, २१ ठाउँमा चार्जिङ प्वाइन्ट

२०७८ जेठ ३०

राजस्व घटेपछि लक्ष्मी इन्टरकन्टिनेन्टल विद्युतीय गाडीमा एग्रेसिभ, २१ ठाउँमा चार्जिङ प्वाइन्ट
राजस्व घटेपछि लक्ष्मी इन्टरकन्टिनेन्टल विद्युतीय गाडीमा एग्रेसिभ, २१ ठाउँमा चार्जिङ प्वाइन्ट

Tata
GBIME
Nepal Life

काठमाडौं। हुण्डाइका गाडीको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले विद्युतीय सवारीमा कर घटाउने निर्णयको स्वागत गर्दै एग्रेसिभ रूपमा बजार विस्तारको घोषणा गरेको छ।

राजस्व घटेपछि विद्युतीय गाडीमा उपभोक्ता आकर्षित हुने जनाउँदै कम्पनीले इभी (इलेक्ट्रिक भेहिकल) बेच्न चार्जिङ स्टेशनमा ठूलो लगानी गर्ने जनाएको छ। कम्पनीले नेपालका विभिन्न २१ ठाउँमा चार्जिङ प्वाइन्ट स्थापना गरेको जनाउँदै ती प्वाइन्टमा हुण्डाईका गाडीले निःशुल्क चार्ज गर्न पाउने जनाएको छ।

कम्पनीका अनुसार एलआइ अटो सर्भिस कुपन्डोल, एलआइ क्विक्स तीनकुने, लबिम मल पुल्चोक, न्यु शिवा सर्भिस सिनामंगल, हुण्डाई सेल्स नक्साल, हुण्डाई सेल्स थापाथली, बाराही सर्भिस सेन्टर पोखरा, विन्द्या सर्भिस सेन्टर पोखरा, होटल पोखरा ग्रान्ड, जगत मोटर्स भैरहवा, सिद्धि विनायक सर्भिस बुटवल, न्यु राइडर सर्भिस दाङ, एचआइएम इन्टरकन्टिनेन्टल नेपालगंज, दिनेश फोर ह्विल धनगढी, अर्किड मोटोकर्प वीरगंज, रोयल अटो वर्ल्ड विराटनगर, पाथिभरा अटो लिंक इटहरी, पिनाकल सर्भिस भरतपुर र एलाइन्स मोटर्स बिर्तामोडमा चार्जिङ प्वाइन्ट छन्।

राजस्व घटेपछि हुण्डाई कोना सय किलोवाटको मूल्य ५६ लाख ९६ हजार र कोना १ सय ५० किलोवाट ब्याट्री भएको गाडीको ७१ लाख ९६ हजार रुपैयाँ मूल्य तोकेको छ। कम्पनीको आइकोनिक एक सय किलोवाट ब्याट्री भएको गाडीको मूल्य ५७ लाख ९६ हजार रुपैयाँ तोकेको छ।