BIZMANDU
www.bizmandu.com

तीन भन्सार बिन्दुमा ३ अर्ब खर्च गरी पूर्वाधार सुधार गरिँदै, इन्टरमोडेलले ऋण लिँदै

२०७८ जेठ ३०

तीन भन्सार बिन्दुमा ३ अर्ब खर्च गरी पूर्वाधार सुधार गरिँदै, इन्टरमोडेलले ऋण लिँदै
तीन भन्सार बिन्दुमा ३ अर्ब खर्च गरी पूर्वाधार सुधार गरिँदै, इन्टरमोडेलले ऋण लिँदै

Tata
GBIME

काठमाडौं। इन्टरमोडेल यातायात विकास समितिले तीव ठूला भन्सार कार्यालयको पूर्वाधार सुधार गर्ने भएको छ। समितिले विश्व बैंकको सहयोगमा पूर्वाधार सुधार कार्यक्रम अघि बढाएको हो। 

सुधार कार्यक्रम अतर्गत समितिले करिब ३ अर्ब विश्व बैंकसँग सहुलियत ऋण लिनेछ।

भन्सार बिन्दुहरु बिराटनगर, भैरहवा र वीरगंज कार्यालयहरुमा सुधारको काम गरिनेछ। तीन भन्सार विन्दुहरुमा पूर्वाधारको विकास, गोदाम निर्माण, सडक निर्माण लगायत कामको योजना बनाउन बोलपत्र आह्वान भइसकेको समितिका कार्यकरी निर्देशक आशिष गजुरेलले बताए। 

उनले भने 'पहिले हामीले तीन भन्सार बिन्दुहरुमा कस्तो संरचना बनाउने भन्ने विषयमा विस्तृत योजना प्रतिवेदन (डीपीआर) बनाउन आवेदन खुलाएका छौं, यसपछि अरु ठेक्का प्रक्रिया अघि बढ्नेछ।'

समितिले अन्य भन्सार कार्यालयहरुको पनि क्षमता तथा पूर्वाधार विकासको काम गर्दै आएको छ।