BIZMANDU
www.bizmandu.com

जापानी अटोमोबाइल कम्पनी टोयोटाले गाडी मात्र होइन, उत्पादन प्रणाली नै कार्बन न्युट्रल बनाउने

२०७८ जेठ २८

Tata
GBIME
Nepal Life

विश्व प्रख्यात जापानी अटोमोबाइल कम्‍पनी टोयोटा मोटोकर्पले सन् २०३५ देखि विश्वभर संचालित आफ्ना उद्योगहरुको उत्पादनमा कार्बन न्यूट्रल प्रणाली लागू गर्न शुरु गर्ने निर्णय गरेको छ। 

कम्पनीले सन् २०५० सम्ममा आफ्ना सबै उद्योगमा कार्बोन न्यूट्रल प्रणाली लागू गरिसक्ने योजना अनुरुप यसलागि अघि बढाउने कार्यतालिका बनाएको हो ।

कम्पनीले आगामी दिनमा नयाँ प्रविधिको प्रयोग गरी पेन्टिङ, कोटिङ र कास्टिङ गर्ने योजना बनाएको टोयोटाका प्रोडक्सन अफिसर मासामिची ओकादाले बताएका छन्। कार्बोनडाइक्साइड ग्यास उत्सर्जन नियन्त्रण गर्नका लागि कम्पनीले नयाँ प्रविधीको प्रयोग गर्न लगेको बताइएको छ। 

ओकादाका अनुसार टोयोटा गाडी उत्पादन गर्दै आएका अधिकांश उद्योगमा नविकरणीय ऊर्जाको प्रयोगमा जोड दिइनेछ।

विद्युतीय गाडी उत्पादनसँगै यसका दौरान हुने वातावारण प्रदूषण समेत नयूनिकरणका लागि उत्पादन प्रणालीलाई नै कार्बन न्युट्रल बनाउने योजना अघि सारिएको टोयोटाले जनाएको छ।

यससँगै कम्पनीले हाइब्रिड र स्लो सेलिङ हाइड्रोजन भेहिकल उत्पादनमा पनि जोड दिने जनाएको छ। 

कम्पनीले प्रदूषण न्युनिकरण गर्नका लागि विभिन्न किसीमका विद्युतीय सवारीसाधन उत्पादनमा जोड दिने योजना रहेको ओकादाले बताएका छन्। 'गाडी उत्पादनमा रहेको टोयोटाको लामो अनुभव र ज्ञानको सदुपयोग गर्नेछौं,' उनले भनेका छन्।

टोयोटासँगै जर्मनीको बिलासी गाडी उत्पादक कम्पनी बिएमडब्लुले पनि चीनमा रहेको आफ्नो कारखानामा यही वर्षको अन्तिमसम्ममा कार्बन न्युट्रल प्रणाली लागू गर्ने जनाएको छ।

यसैगरी, फोर्डले पनि आउँदो सन् २०३५ देखि आफ्नो सबै प्लान्टमा कार्बोन न्युट्रल प्रणाली अपनाउने योजना बनाएको छ।