BIZMANDU
www.bizmandu.com

वाणिज्य बैंकले जारी गरेको ऋणपत्रको बिक्री बन्द, लगानीकर्ताले ६ वर्षभर ८.५% को दरले प्रतिफल पाउने

२०७८ जेठ २८

वाणिज्य बैंकले जारी गरेको ऋणपत्रको बिक्री बन्द, लगानीकर्ताले ६ वर्षभर ८.५% को दरले प्रतिफल पाउने
वाणिज्य बैंकले जारी गरेको ऋणपत्रको बिक्री बन्द, लगानीकर्ताले ६ वर्षभर ८.५% को दरले प्रतिफल पाउने

Tata
GBIME
Nepal Life

काठमाडौं। राष्ट्रिय वाणिज्य बैंकले जारी गरेको ऋणपत्र 'आरबीबीएल डिबेन्चर २०८३' को आवेदन बन्द भएको छ। 

बैंकले प्रति एकाइ एक हजार रुपैयाँ अंकित दरको २५ लाख कित्ता ऋणपत्र जारी गरेको थियो । बैंकले कुल दुई अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्रको बिक्री खुला गरेको हो।

यसमध्ये १० लाख कित्ता सर्वसाधारणका लागि र १५ लाख कित्ता बैंकले आफ्नै पहलमा संस्थागत लगानीकर्ताहरुलाई बिक्री तय गरिएको थियो।

ऋणपत्रका लागि आवेदन दिने आज अन्तिम दिन (जेठ २८) सम्ममा माग गरिएको भन्दा बढी रकमको माग भएको बैंकले जनाएको छ। यससँगै बैंकले ऋणपत्र बिक्रीको आवेदन बन्द गरेको हो। जारी गरिएबमोजिमको ऋणपत्रको बिक्री नभएको अवस्थाका लागि बैंकले असार ८ गतेसम्मका लागि अन्‍तिम आवेदन मिति निर्धारण गरेको थियो।

६ वर्ष परिपक्व अवधिको यस 'आरबीबीएल डिबेन्चर २०८३'  ऋणपत्रको वार्षिक प्रतिफल दर ८.५% प्रतिशत रहेको छ।