BIZMANDU
www.bizmandu.com

कार्गो उडान कोभिडअघि भन्दा १२% ले वृद्धि, राम्रो गर्नेमा उत्तर अमेरिकी वायुसेवाहरु अगाडि

२०७८ जेठ २८

कार्गो उडान कोभिडअघि भन्दा १२% ले वृद्धि, राम्रो गर्नेमा उत्तर अमेरिकी वायुसेवाहरु अगाडि
कार्गो उडान कोभिडअघि भन्दा १२% ले वृद्धि, राम्रो गर्नेमा उत्तर अमेरिकी वायुसेवाहरु अगाडि

Tata
GBIME
Nepal Life

कोभिड दोस्रो लहरले अन्तरराष्ट्रिय उड्डयन क्षेत्र प्रभावित भएको भएपनि कार्गो उडानको माग भने वृद्धि भएको देखिएको छ।

अन्तर्राष्ट्रिय हवाई यातायात संगठन (आयटा) ले तयार पारेको प्रतिवेदन अनुसार कोभिड-१९ प्रभाव देखिनुअघि (२०१९ अप्रिल) को भन्दा २०२१ को अप्रिलमा विश्वभर कार्गो उडानको माग १२ प्रतिशतले वृद्धि भएको हो।

कुल १२% को वृद्धिमा सबैभन्दा राम्रो कार्गो बिजनेश गरेका उत्तर अमेरिकी वायुसेवाहरुको योगदान नै ७.५ प्रतिशत रहेको जनाइएको छ। 

यस्तै, २०२१ मै मार्च महिनाको तुलनामा अप्रिलको कार्गो उडान ७.८ प्रतिशतले बढेको छ।

'पछिल्लो समय हवाई कार्गो उड्डयन क्षेत्रका लागि लगातार सुखद समाचार बनेको छ । विश्वभर यसको माग कोभिडअघिकै अवस्थासँग तुलना गर्दा पनि १२ प्रतिशतले वृद्धि भएको छ भने प्रतिफल पनि राम्रो रहेको छ । विश्व प्रवित्तिको दाँजोमा केही क्षेत्रहरुले त यसमा अझ उल्लेख्य प्रदर्शनी गरेका छन्, खासगरी उत्तर अमेरिका, मध्यपूर्व र अफ्रिकाका कार्गो वायुसेवाहरु । यद्यपि यो प्रवृत्ति विश्वभरी छैन, उदाहरणका लागि ल्याटिन अमेरिकी क्षेत्रका वायुसेवा प्रदायकहरुको कार्गो व्यवसाय अझैपनि स्थिर छ,' संगठनका महानिर्देशक विल्ली वाल्सले भनेका छन्।

आयटाका अनुसार एसिया प्यासिफिक क्षेत्रमा संचालित वायुसेवा कम्पनीले गर्दै आएको कार्गो उडानमा ९.२ प्रतिशतले वृद्धि भएको छ। संगठनले तयार पारेको विवरणअनुसार यो क्षेत्रमा गत मार्चमा अन्तर्राष्ट्रियतर्फको लोड फ्याक्टर ७७.५ प्रतिशत कायम भएको थियो।

यसैगरी उत्तर  अमेरिकाले तयार पारेको विवरण अनुसार अप्रिलमा अन्तर्राष्ट्रिय तर्फको कार्गो उडान माग २५.६ प्रतिशतले वृद्धि भएको छ। यो अवधिमा अमेरिकी उपभोक्ताले एसियामा उत्पादन भएका सामग्री आयात गर्दा कार्गो उडान बढको  देखिएको छ।  कार्गो उडानको माग बढेसँगै उत्तर अमेरिकी वायुसेवा कम्पनीले उत्तर र दक्षिण अमेरिकामा आफ्नो बजार हिस्सा विस्तार गर्न सफल भएको छ। 

गत अप्रिलमा कार्गो माग बढेसँगै युरोपमा संचलित वायुसेवा कम्पनीले दिँदै आएको सेवाको माग ११.४ प्रतिशतले वृद्धि भएको उल्लेख छ। आन्तरिक रुपमा  कार्गो उडानको माग बढेपनि यो क्षेत्रमा अन्तर्राष्ट्रियतर्फको क्षमता भने १७.५ प्रतिशतले घटेको पाइएको छ।

यसैगरी, अनत्तर्राष्ट्रियअन्तर्गत मध्यपूर्वमा संचालित वायुसेवा कम्पनीको कार्गो उडान माग १५.३ प्रतिशतले वृद्धि भएको छ। कार्गो उडान माग बढेपनि सन् २०१९को तुलनामा यो क्षेत्रमा संचालित वायुसेवा कम्पनीको क्षमता १७.५ प्रतिशतले घटेको संगठनले तयार पारेको विवरणमा उल्लेख छ। 

ल्याटिन अमेरिकामा संचालित वायुसेवा कम्पनीको अन्तर्राष्ट्रिय अन्तर्गत कार्गो भोलुम भने ३२.७ प्रतिशतले घटेको पाइएको छ। यो क्षेत्रमा विगतको तुलनामा  अप्रिल  महिनामा कार्गो उडान निकै कम भएको जनाइएको छ। वित्तीय पुनर्संरचना गराइएको कारण यो महिना कार्गो उडान निकै  निराशाजनक रहेको जनाइएको छ। युरोप, सेन्ट्रल, नर्थ, साउथ अमेरिकामा उडान गरिएपनि अन्तर्राष्ट्रिय क्षमता ५२.५ प्रतिशतले घटेको जनाइएको छ।

यसैगरी अफ्रिकी  मुलुकमा कार्गो उडान माग ३०.६ प्रतिशतले वृद्धि भएको पाइएको छ। एसिया-अफ्रिका उडान विस्तार सँगै संचालित वायुसेवा कम्पनीको क्षमता ०.६ प्रतिशतले वृद्ध भएको संठनले तयार पारेको विवरणमा उल्लेख छ।