BIZMANDU
www.bizmandu.com

सांग्रिला डेभलपमेन्ट बैंकले पहिलो पटक ऋणपत्र जारी गर्दै, ७५ करोडको ऋणपत्रको ब्याज ९ प्रतिशत

२०७८ जेठ २८

सांग्रिला डेभलपमेन्ट बैंकले पहिलो पटक ऋणपत्र जारी गर्दै, ७५ करोडको ऋणपत्रको ब्याज ९ प्रतिशत
सांग्रिला डेभलपमेन्ट बैंकले पहिलो पटक ऋणपत्र जारी गर्दै, ७५ करोडको ऋणपत्रको ब्याज ९ प्रतिशत

Tata
GBIME
Nepal Life

काठमाडौं। सांग्रिला डेभलपमेन्ट बैंकले पहिलो पटक ऋणपत्र जारी गर्ने भएको छ। बैंकले २०८७ सालमा परिपक्व हुने ऋणपत्र जारी गर्न लागेको हो।

वार्षिक ब्याज ९ प्रतिशत रहेको ऋणपत्र असार ६ गतेबाट निष्कासन हुने छ। यसमा छिटोमा असार ९ र ढिलामा २० गतेसम्म आवेदन दिन सकिने छ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई ऋणपत्र अनिवार्य गरेपछि सांग्रिलाले पनि निष्कासन सुरु गरेको हो। 

बैंकको ऋणपत्रको अंकित मूल्य एक हजार रुपैयाँ हुने छ। कम्तिमा २५ कित्ताका लागि आवेदन दिनु पर्ने छ। बढीमा ३ लाख कित्तासम्म आवेदन दिन सकिन्छ।

बैंकले कुल ७५ करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न लागेको हो। ४५ करोड रुपैयाँको ऋणपत्र प्राइभेस प्लेसमेन्टमार्फत बिक्री गरिने छ। सामूहिक लगानी कोषलाई ५ प्रतिशतसहित ३० करोड रुपैयाँको सर्वसाधारणलाई बिक्री गरिने छ।