BIZMANDU
www.bizmandu.com

सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुनिल पोखरेल नियुक्त, चार वर्षलाई जिम्मेवारी

२०७८ जेठ २८

सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुनिल पोखरेल नियुक्त, चार वर्षलाई जिम्मेवारी
सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुनिल पोखरेल नियुक्त, चार वर्षलाई जिम्मेवारी

Tata
GBIME
Nepal Life

काठमाडौं। सिभिल बैंकले प्रमुख कार्यकारी अधिकृतमा सुनिलकुमार पोखरेललाई नियुक्त गरेको छ। असार १८ गतेदेखि लागू हुने गरी उनलाई बैंक सञ्चालक समितिले प्रमुख कार्यकारी नियुक्त गरेको हो।

उनी केही समयदेखि बैंकको कामु प्रमुख कार्यकारी अधिकृत थिए। गोविन्द गुरुङले प्रमुख कार्यकारीबाट राजीनामा गरेपछि पोखरेलले वैशाख १८ गतेदेखि कामु प्रमुख कार्यकारीको जिम्मेवारी पाएका थिए।

उनलाई बैंक सञ्चालक समितिले चार वर्षका लागि प्रमुख कार्यकारी बनाएको हो। 

पोखरेल कामु प्रमुख कार्यकारी हुनुअघि नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए।  पोखरेल अनुभवी बैंकर हुन्। उनीसँग विदेशस्थित बैंकदेखि नेपालमै रहेको विदेशी बैंकमा काम गरेको अनुभव छ।

उनले सन् १९९१ बाट बैंकिङ करिअर सुरु गरेका हुन्। तत्कालिन ग्रिण्डलेज (अहिलेको स्ट्यान्डर्ड चार्टर्ड) बैंकमा उनले १९ वर्षभन्दा बढी काम गरेका थिए।

त्यसपछि उनले एनआइसी एसियामा करिब ५ वर्ष काम गरे। नबिल बैंकमा एक वर्ष काम गरे। त्यसपछि उनी म्यानमारस्थित युनाइटेड अमरा बैंकमा काम गरे। त्यहाँ डेढ वर्ष काम गरेपछि उनले म्यानमारकै एजीडी बैंकमा अर्को डेढ वर्ष बिताए।

उनी कुसोममा पनि आबद्ध छन्। यो काठमाडौं विश्वविद्यालयअन्तर्गतको शैक्षिक प्रतिष्ठान हो।