BIZMANDU
www.bizmandu.com

वीरगंजमा साढे ३ करोडको इको पार्क बन्दै, २ वर्षमा काम सकिने, पिकनिक स्पटसँगै बोटिङको सुविधा

२०७८ जेठ २७

वीरगंजमा साढे ३ करोडको इको पार्क बन्दै, २ वर्षमा काम सकिने, पिकनिक स्पटसँगै बोटिङको सुविधा
वीरगंजमा साढे ३ करोडको इको पार्क बन्दै, २ वर्षमा काम सकिने, पिकनिक स्पटसँगै बोटिङको सुविधा

Tata
GBIME
Nepal Life

वीरगंज। वीरगंजमा आधुनिक इको पार्क निर्माण सुरु भएको छ। वीरगंज महानगरले दुई वर्ष भित्रै सक्ने गरी करिब साढे ३ करोडको लागतमा अत्याधुनिक सुविधा सम्पन्न ‘इको पार्क’ निर्माण थालेको छ।

वीरगंज–२१ परवानीपुरस्थित धम्म तराई विपश्यना ध्यान केन्द्रको सामुने करिब ३० कठ्ठा ऐलानी जग्गामा यो पार्क निर्माण भइरहेको छ। दुई साता अघि ठेकेदार कम्पनी फिजा कन्सट्रक्सनले निर्माणको काम सुरु गरेको छ।  पार्कमा बोटिङको सुविधा भएको पोखरी,पिकनिक स्पट,कुकिङ सेड, पूर्ण हरियाली गार्डेन,गोलघर,कार्यालय घर,धारा,पानी,शौचालयलगायतको भौतिक पूर्वाधार निर्माण हुने वीरगंज महानगरका इन्जिनियर दिलशाद मोहमदले जानकारी दिए।

अहिले पार्कको मुख्य प्रवेश द्वार,पर्खाल,पोखरी,पिकनिक स्पट,कार्यालय भवन,शौचालयलगायतको काम भइरहको उनले जनाए। वीरगंजमा सुविधा सम्पन्न पार्क नहुँदा वीरगंजवासी सिमरा,पथलैया,अंमलेखगंज,निजगढको मोहरी पार्क,रौतहटको नुनथर,मकवानपुरको शहीद स्मारक लगायतका क्षेत्रमा जाने गर्थे।

पार्क निर्माण भएसंगै प्राकृतिक वातावरणमा दैनिक व्यायाम,पिकनिक मनाउने,घुमफिर गर्ने वातावरण मिल्ने वीरगंजका मेयर विजयकुमार सरावगीले बताए।