BIZMANDU
www.bizmandu.com

अन्तर्राष्ट्रिय बजारमा टिभिएसको एनटर्क एक लाख वटाभन्दा बढी बिक्री, नेपालमा कति पर्छ मूल्य?

२०७८ जेठ २६

अन्तर्राष्ट्रिय बजारमा टिभिएसको एनटर्क एक लाख वटाभन्दा बढी बिक्री, नेपालमा कति पर्छ मूल्य?
अन्तर्राष्ट्रिय बजारमा टिभिएसको एनटर्क एक लाख वटाभन्दा बढी बिक्री, नेपालमा कति पर्छ मूल्य?

Tata
GBIME
Nepal Life

काठमाडौं। टिभिएसले एक लाख युनिट टिभिएस एनटर्क स्कुटर बिक्री गरेको छ। ब्लुटुथ जडित १२५ सीसी इन्जिनको उक्त स्कुटर सन् २०१८ मा भारतमा लन्च भएको थियो।

एनटर्क १२५ नेपाली बजारमा बिक्री सुरु गरेको दुई वर्षमै प्राप्त भएको बताएको छ। 

नेपाली बजारमा एनटर्क १२५ तीन प्रकारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ। रेगुलर एनटर्क १२५, एनटर्क १२५ रेस एडिसन र एनटर्क सुपर स्क्वाड एडिसन रहेको बताइएको छ।

रेगुलर एनटर्क १२५ (ड्रम) को मूल्य दुई लाख १८ हजार नौ सय रुपैयाँ रहेकोमा डिस्कको दुई लाख ४५ हजार नौ सय रुपैयाँ तोकेको छ।

एनटर्क १२५ रेस एडिसनको मूल्य दुई लाख ६१ हजार नौ सय रुपैयाँ र एफआईको दुई लाख ७७ हजार नौ सय रुपैयाँ तोकेको छ। कम्पनीले एनटर्क सुपर स्क्वाड एडिसनको मूल्य भने दुई लाख ६६ हजार नौ सय रुपैयाँ तोकेको छ। 

एनटर्क म्याट रेड, मेटालिक ग्रे, मेटालिक रेड, मेटालिक ब्लू रङमा उपलब्ध रहेको जनाएको छ। रेस एडिसन रेड–ब्ल्याक र पहेँलो–ब्ल्याक रङमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

'हाम्रो स्मार्ट स्कुटर टिभिएस एनटर्क १२५ ले अन्तर्राष्ट्रिय बजारमा १ लाख युनिट बिक्रीको लक्ष्य हासिल गरेकोमा हामी अत्यन्तै खुसी छौँ। यसको सुरुवात भएदेखि नै स्कुटरले विश्वव्यापी जेन जेड ग्राहकहरुबीच मनपर्दो बनेको थियो,' टिभिएसका निर्देशक एवम् सीइओ श्री के एन राधाकृष्णनले भने।

टिभिएसले एनटर्क मोडल दक्षिण एसिया, ल्याटिन अमेरिका, मिडल इस्ट र आसियानका १९ देशहरुमा बिक्री गरिरहेको छ। 

स्कुटरमा १२४.७९ सीसीको एयर कुल्ड एसओएचसी इन्जिन रहेकाले यसले रेस्पेक्टिभ पावर प्रदान गर्ने कम्पनीले जनाएको छ। ९.२ एचपी र १०.५ न्युटन मिटरको टर्क आउटपुट स्कुटरले प्रदान गर्ने बताइएको छ।

'यो स्कुटर सबै ग्राहकहरुबीच लोकप्रिय बनेको छ र म ढुक्क छु कि रेस एडिसनले धेरैभन्दा धेरै मनोरञ्जनको एलिमेन्टलाई प्रस्तुत गर्दै सबै ग्राहकहरुलाई सन्तुष्टि प्रदान गर्नेछ,' जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालले भने।