BIZMANDU
www.bizmandu.com

तीन हजारमाथि उक्लियो सेयर बजार, दिनभरीमा ७० अंकको उतारचढाव, साढे १३ अंकको करेक्सन

२०७८ जेठ २६

तीन हजारमाथि उक्लियो सेयर बजार, दिनभरीमा ७० अंकको उतारचढाव, साढे १३ अंकको करेक्सन
तीन हजारमाथि उक्लियो सेयर बजार, दिनभरीमा ७० अंकको उतारचढाव, साढे १३ अंकको करेक्सन

Tata
GBIME
Nepal Life

काठमाडौं। सेयर बजार ३ हजारको ऐतिहासिक अंकलाई छोएर फर्किएको छ। ३ हजार ४ अंकलाई छोएपछि ओरालो लागेको बजार १३.५६ अंक घटेर बन्द भएको छ।

दिनभरीमा बजारमा ७० अंकको उतारचढाव देखिएको छ। उतारचढावकै बीच १६ अर्ब ९९ करोड ७० लाख रुपैयाँको कारोबार भएको छ।

वाणिज्य बैंकका साथै अन्य वित्तीय संस्थाको मूल्य घट्दा बजार ओरालो लागेको हो। साढे ६ सय अंकले बढेको विकास बैंक सूचक बुधबार २१२ अंकले झरेको छ। बैंकिङ पनि ११.३४ अंक ओर्लिएको छ। 

व्यापार, फाइनान्स, निर्जीवन, जीवन, उत्पादन तथा प्रशोधन र लगानी कोष समूह बढेको छ। बाँकी सबै घटेको छ। विकास बैंक र वाणिज्य बैंकको सूचक ओरालो लाग्दा समग्र बजार झरेको हो। झर्दो बजारलाई अन्य समूहले सघाएको छ।

अरुबेला सर्वाधिक कारोबार हुँदै आएको नेपाल पुनर्बीमा कम्पनीलाई अरुणभ्याली हाइड्रोपावरले जितेको छ। कम्पनीको ८७ करोड ९४ लाख रुपैयाँको कारोबार भएको छ। यसपछि पुनर्बीमाको ६१ करोड ८० लाख रुपैयाँको कारोबार भएको छ। नेपाल इन्स्योरेन्सको ५१ करोडको किनबेच भएको छ।

बजारमा नेपाल इन्स्योरेन्स, युनाइटेड मोदी, रिडी हाइड्रो, अरुण भ्याली र सीइडीबी सेयर मूल्य सर्वाधिक बढेको छ। नौं प्रतिशतभन्दा बढी बढेको छ। 

युनाइडेड इदीका लगानीकर्ताले करिब १० प्रतिशतले गुमाएका छन्। महालक्ष्मी विकास बैंक, शाइन रेसुंगा, मितेरी डेभलपमेन्ट बैंकलगायतको पनि मूल्य घटेको छ।