BIZMANDU
www.bizmandu.com

नागरिक एपको सहायता कक्ष भाइबरमा सुरु, सेवासम्बन्धी गुनासो र समस्याहरु सम्बोधन गरिने

२०७८ जेठ २६

नागरिक एपको सहायता कक्ष भाइबरमा सुरु, सेवासम्बन्धी गुनासो र समस्याहरु सम्बोधन गरिने
नागरिक एपको सहायता कक्ष भाइबरमा सुरु, सेवासम्बन्धी गुनासो र समस्याहरु सम्बोधन गरिने

Tata
GBIME
Nepal Life

काठमाडौं। नागरिक एपले भाइबरमा पनि सहायता कक्ष सञ्चालनमा ल्याएको छ। सरकारद्वारा सञ्चालित यो मोबाइल एप्लिकेसनसँग सम्बन्धित कुनै गुनासो, जानकारी, समस्याहरु सम्बोधन गर्न भाइबरमा सेवा सुरु गरिएको हो।  

नागरिक एपले यसको सम्बन्धित नम्बर (+९७७-११२२३३४४५५) मा दर्ता गरिएको भाइबरबाट उक्त सेवाहरु पाउन सक्ने जनाएको छ। 

नागरिक एप सुरु भएयता प्रयोगकर्ताहरुले मुख्यगरी नागरिकता प्रमाणपत्रका विवरणहरु म्याच हुन नसकेकाले सेवा उपयोग गर्न नपाएको गुनासो बढी गर्दै आएका छन्।

सरकारले चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा गत वैशाख १९ गते नागरिक एपको फुल भर्सन (१.३.१) सावर्जनिक गरेको थियो।

सरकारी निकायहरुले विभिन्न सेवाहरुलाई डिजिटलाइज गर्दै लगेपछि सेवापिच्छे फरक फरक मोबाइल एप सञ्चालन गर्नुपर्ने झन्झटलाई ध्यानमा राख्दै गत माघ २ गते सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एपको बेटा भर्सन सार्वजनिक गरेको थियो।