BIZMANDU
www.bizmandu.com

विश्वका प्रमुख सञ्चारमाध्यमका वेबसाइटहरुमा आयो समस्या, अमेजनको रिटेल साइट पनि डाउन

२०७८ जेठ २५

विश्वका प्रमुख सञ्चारमाध्यमका वेबसाइटहरुमा आयो समस्या, अमेजनको रिटेल साइट पनि डाउन
विश्वका प्रमुख सञ्चारमाध्यमका वेबसाइटहरुमा आयो समस्या, अमेजनको रिटेल साइट पनि डाउन

Tata
GBIME
Nepal Life

काठमाडौं। फाइनान्सियल टाइम्स, न्यु योर्क टाइम्स र ब्लूमबर्ग न्यूजलगायत समाचार आउटलेटले सञ्चालन गरेका केही वेबसाइटहरू मंगलबार अवरुद्ध भएका छन्।

सीएनएन र फ्रान्सको ले मोन्डेको साइटमा पनि दिउँसो त्रुटिपूर्ण सन्देशहरू देखाएको थियो। त्यस्तै अलजजिरा मिडिया नेटवर्कको वेबसाइट पनि प्रभावित भएको अलजजिराले जनाएको छ।

अमेजनको रिटेल वेबसाइटले पनि प्राविधिक त्रुटिको सामना गर्नु परेको देखिन्थ्यो।

बेलायतको पत्रिका गार्जियनले पनि त्यसको वेबसाइट र एप्लिकेसनमा समस्या भइरहेको जनाएको छ। केही अन्य बेलायती मिडियाका साइटहरू पनि अपडेटहरु तुरून्त लोड भइरहेको थिएन। तत्काल बेलायत सरकारको मुख्य वेबसाइट पनि उपलब्ध थिएन।

के कारणले ती वेबसाइटहरूमा असर पर्‍यो भन्नेबारे हालसम्म कुनै जानकारी उपलब्ध छैन।