BIZMANDU
www.bizmandu.com

पीएनबी र बैंक अफ इण्डिया कारबाहीमा, गैरकानुनी कारोबारको आरोप, कमजोर जोखिम नियन्त्रण

२०७८ जेठ २५

पीएनबी र बैंक अफ इण्डिया कारबाहीमा, गैरकानुनी कारोबारको आरोप, कमजोर जोखिम नियन्त्रण
पीएनबी र बैंक अफ इण्डिया कारबाहीमा, गैरकानुनी कारोबारको आरोप, कमजोर जोखिम नियन्त्रण


Tata
GBIME
Nepal Life

काठमाडौं। नेपालमा समेत लगानी रहेको पञ्जाब नेशनल बैंक (पीएनबी) सहित बैंक अफ इण्डिया कारबाहीमा परेका छन्। पीएनबीको नेपालको बैंक एभरेष्टमा २० प्रतिशत लगानी छ।

भारतीय केन्द्रीय बैंक आरबीआइले पीएनबी र बैंक अफ इण्डियालाई ६ करोड भारु जरिवाना गरेको हो। दुवै बैंकले मापदण्डको विरुद्धमा गएर काम गरेको पुष्टि भएपछि आरबीआइले कारबाही गरेको हो।

पीएनबीले गैरकानुनी काम गरेको पुष्टि भएको छ। बैंक अफ इण्डिया ४ करोड जरिवानामा परेको छ भने पीएनबी २ करोड भारु जरिवानामा परेको छ।

जोखिम नियन्त्रणसँग सम्बन्धित काम दुवै बैंकले नगरेको आरोपको पनि पुष्टि भएको छ। सन् २०१९ को अन्त्यमा गरिएको स्थलगत अनुगमनपछि दुई बैंकको बदमासी पत्ता लागेको हो।

जरिवाना रकम निर्क्योल गरिसकेपछि आरबीआइले दुवै बैंकलाई 'किन कारवाही नगर्ने?' भनेर स्पष्टीकरण सोधेको छ। भारतीय सञ्चार माध्यमहरुका अनुसार, पछिल्लो समय आरबीआइले कारबाहीलाई फराकिलो बनाउँदै लगेको छ। एजेन्सी