BIZMANDU
www.bizmandu.com

कोरोना प्रभावित मझौला र साना उद्योगका लागि विश्व बैंकले भारतलाई ५० करोड अमेरिकी डलर दिने

२०७८ जेठ २५

कोरोना प्रभावित मझौला र साना उद्योगका लागि विश्व बैंकले भारतलाई ५० करोड अमेरिकी डलर दिने
कोरोना प्रभावित मझौला र साना उद्योगका लागि विश्व बैंकले भारतलाई ५० करोड अमेरिकी डलर दिने

Tata
GBIME
Nepal Life

वाशिङ्टन। विश्व बैंकले भारतलाई ५० करोड अमेरिकी डलर दिने भएको छ।

बैंकको कार्यकारी समितिले कोरोना भाइरसको महामारीका कारण मर्कामा परेका साना तथा मझौला उद्योगका सञ्चालकहरूलाई सहयोग गर्न भारतलाई सो रकम उपलब्ध गराउने निर्णय गरेको हो।

भारतमा कोरोनाभाइरसको महामारीले साना तथा मझौला उद्योग व्यवसायहरु नराम्रोसँग धराशायी भएको तथ्यांकले देखाएको छ। विश्व बैंकले दिएको सो रकम भारतका साना तथा मझौला उद्योगहरूको पुनः उत्थान र प्रवर्द्धनका लागि परिचालन गरिने भएको छ।

सो कार्यका लागि भारतको सरकारले पनि ठूलो रकम लगानी गर्ने र विश्व बैंकको रकम त्यसमा थपिने बैंकका अधिकारीहरुले बताएका छन्।     
बैंकले प्रकाशन गरेको वक्तव्यमा कोरोनापछि साना तथा मझौला व्यवसायीहरूलाई उठाउनका लागि सो रकम उपयोग गर्न भारतलाई आग्रह पनि गरिएको छ।

विश्वभरी मर्कामा परेका साना तथा मझौला व्यवसायीहरुलाई सहयोग गर्ने विश्व बैंकको नीति अनुसार अन्य देशहरुलाई पनि यस्तो सहयोग गरिएको समाचारमा जनाइएको छ ।