BIZMANDU
www.bizmandu.com

२९२८ अंकसम्म पुगेको बजारमा सामान्य करेक्सन, बैंकिङले हात छाडे पनि विकास बैंक र फाइनान्सले थामे

२०७८ जेठ २४

२९२८ अंकसम्म पुगेको बजारमा सामान्य करेक्सन, बैंकिङले हात छाडे पनि विकास बैंक र फाइनान्सले थामे
२९२८ अंकसम्म पुगेको बजारमा सामान्य करेक्सन, बैंकिङले हात छाडे पनि विकास बैंक र फाइनान्सले थामे


काठमाडौं। सुरुवातमा उच्च अंकले बढेको सेयर बजार केही करेक्सनसहित बन्द भएको छ। २९२८ अंकसम्म पुगेको बजारमा सामान्य करेक्सन देखिएको छ।

Tata
GBIME
Nepal Life

बजार ०.२१ अंकले घटेर २९०६.७ मा बन्द भएको छ। बाणिज्य बैंक समूहले डोहोर्‍याइरहेको बजार उसले हात छाडिदिएपछि घटेको हो। दिनभरीमा १५ अर्ब ८१ करोड रुपैयाँको किनबेच भएको छ। 

वित्तीय क्षेत्रतर्फको विकास बैंक फाइनान्स, जीवन र निर्जीवन बीमा समूह भने बढेको छ। लघुवित्त मात्र ओर्लिएको छ। बैंकिङ समूह अन्तर्गत कारोबार भएका सबै वाणिज्य बैंकहरुको मूल्य घटेको छ।

हिजो र अघिल्लो साता बैंकिङले बजारलाई डोहोर्‍याएको थियो। विकास बैंक २६० अंकले बढेको छ। तुलनात्मक रूपमा अलिकति सस्तो भएका कारण विकास बैकतिर लगानीकर्ता झुम्मिएका छन्। जलविद्युत पनि करिब ९२ अंकले बढेको छ। फाइनान्स १६३ अंकले बढेको छ।

बजारमा पोखरा फाइनान्स, सेन्ट्रल फाइनान्स, आइसीएफसी फाइनान्स, कामना सेवा विकास बैंक, श्री इन्भेष्टमेन्ट फाइनान्सको सेयर मूल्यमा बढेर सर्किट लागेको छ।  घट्नेमा वाणिज्य बैंकहरु छन्। नारायणी डेभलपमेन्ट बैंकको पनि मूल्य घटेको छ।

कारोबार रकममा नेपाल रिइन्स्योरेन्सले सबैलाई उछिने पनि हिजोको तुलनामा आधा मात्र कारोबार भएको छ। कम्पनीको ६२ करोड १७ लाख रुपैयाँको किनबेच भएको छ।

निफ्राको ४६ करोड ६२ लाख रुपैयाँको सेयर कारोबार भएको छ। नेशनल हाइड्रोको ४३ करोड ५६ लाख रुपैयाँ र लुम्बिनी विकास बैकको ४३ करोड २४ लाख रुपैयाँको सेयर कारोबार भएको छ। कुमारी बैंकको ३४ करोड ४१ लाख रुपैयाँको किनबेच भएको छ।