BIZMANDU
www.bizmandu.com

डिसहोमको लाइफस्टाइल एचडीमा थप २३३ रुपैयाँ तिर्दा २५ एमबीपीएस इन्टरनेट, १० एमबीपीएस नि:शुल्क

२०७८ जेठ २१

डिसहोमको लाइफस्टाइल एचडीमा थप २३३ रुपैयाँ तिर्दा २५ एमबीपीएस इन्टरनेट, १० एमबीपीएस नि:शुल्क
डिसहोमको लाइफस्टाइल एचडीमा थप २३३ रुपैयाँ तिर्दा २५ एमबीपीएस इन्टरनेट, १० एमबीपीएस नि:शुल्क


काठमाडौं। डिसहोमले मासिक ६ सय रुपैयाँ पर्ने लाइफस्टाइल एचडी टेलिभिजन प्याकेज खरिद गर्ने ग्राहकहरुका लागि अतिरिक्त मासिक २३३ रुपैयाँ तिरे २५ एमबीपीएसको फाइबर इन्टरनेट सुविधा ल्याएको घोषणा गरेको छ।

Tata
GBIME
Nepal Life

कम्पनीले करिब एक महिना अघिबाट दिइरहेको यो सेवाका खरिदकर्ताहरुले टीभी च्यानलको ६०० रुपैयाँसहित अतिरिक्त २३३ रुपैयाँ तिरे इन्टरनेट पाउने कम्पनीका प्रबन्ध निर्देशक सुदीप आचार्यले बताए। 

डिसहोमले लाइफस्टाइल एचडी टिभी प्याकेजको जडान शुल्क पाँच सय रुपैयाँ र सेटअप बक्स मूल्य ३९९९ रुपैयाँ तोकेको छ। यो प्याकेज लिएका ग्राहकहरुले चार वटासम्म टेलिभिजनमा लाइन जोड्न सक्ने छन्।

जसका लागि प्रति टिभी अतिरिक्त दुई सय रुपैयाँ पर्ने डिसहोमले जनाएको छ। यही मूल्यमा अतिरिक्त २३३ रुपैयाँ तिरे ग्राहकहरुले इन्टरनेट सेवा पाउने छन्। फाइबर नेट कभरेज पुगेका क्षेत्रहरुमा मात्रै यो सेवा उपलब्ध हुने आचार्यले जानकारी दिए। 

कम्पनीले यसरी इन्टरनेट जोड्ने ग्राहकहरुलाई ड्रप वायर, फाइबर राउटर रेन्टल र रिफन्डेबल डिपोजिटसहितका शुल्क भने लिनेछ। 

कम्पनीले एक महिनाको इन्टरनेट लिँदा ड्रप वायरको पाँच सय रुपैयाँ, फाइबर राउटर रेन्टल शुल्क एक हजार रुपैयाँ र रिफन्डेबल डिपोजिट पाँच सय रुपैयाँ तोकेको छ। जडान भने नि:शुल्क गरिदिने कम्पनीले जनाएको छ। 

त्यसैगरी, लाइफस्टाइल एचडी टेलिभिजन प्याकेज खरिद गरेका ग्राहकरुले १० एमबीपीएस इन्टरनेट भने नि:शुल्क पाउने आचार्यले बताए। 

लाइफस्टाइल एचडी टेलिभिजन प्याकेजमा डिसहोमले ६२ वटा एचडी र १३८ वटा एसडी च्यानल उपलब्ध गराइरहेको जनाएको छ। 

कति पर्छ छुट्टै लिँदा २५ एमबीपीएसको डिसहोमको इन्टरनेट? 
डिसहोमले २५ एमबीपीएस इन्टरनेट प्याकेज एक, तीन, ६ र १२ महिनामा उपलब्ध गराइरहेको छ। 

कम्पनीले एक महिनाको इन्टरनेट मूल्य भ्याटबाहेक ११ सय रुपैयाँ तोकेको छ। ड्रप वायर शुल्क पाँच सय, फाइबर राउटर रेन्टल एक हजार रुपैयाँ, रिफन्डेल डिपोजिट पाँच सय रुपैयाँ तोकेको छ। 

यस्तै, तीन, ६ र १२ महिनाको इन्टरनेट शुल्क भ्याटबाहेक क्रमश: तीन, ५५ सय र १० हजार रुपैयाँ तोकेको छ। कम्पनीले ड्रप वायर शुल्क तीन र ६ महिनाको समान पाँच सय रुपैयाँ तोकेको छ १२ महिनाको प्याकमा नि:शुल्क रहेको जनाएको छ।