BIZMANDU
www.bizmandu.com

आइफोनमा पनि इनेबल भयो टेलिकमको भीओएलटीइ सेवा, अन्य ब्राण्डका स्मार्टफोनको मोडल थपिँदै

२०७८ जेठ १९

आइफोनमा पनि इनेबल भयो टेलिकमको भीओएलटीइ सेवा, अन्य ब्राण्डका स्मार्टफोनको मोडल थपिँदै
आइफोनमा पनि इनेबल भयो टेलिकमको भीओएलटीइ सेवा, अन्य ब्राण्डका स्मार्टफोनको मोडल थपिँदै

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल टेलिकमको भोइस ओभर लङ टर्म इभोलुसन (भीओएलटीइ) सेवा आइफोनमा पनि सुरु भएको छ। टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले आइफोनमा पनि मंगलबारबाटै भीओएलटीइ सेवा सुरु भएको बताएका छन्। 

जेठ ३ गतेदेखि भीओएलटीइ सेवाको परीक्षण सुरु गरेको केही दिनभित्रै एप्पल कम्पनीलाई एनटीसीको सिम प्रयोग भइरहेका आइफोनहरुमा भीओएलटीइ सेवा इनेबल गरिदिन नेपाल टेलिकमले पत्राचार गरेको थियो। परिणामस्वरुप मंगलबारबाटै आइफोनमा भीओएलटीइ सेवा इनेबल भएको टेलिकमले जनाएको छ। 

टेलिकमले फोरजी जीएसएम प्रिपेड तथा पोष्टपेड दुवै नेटवर्कमा भीओएलटीइ एकैसाथ परीक्षण सुरु गरेको छ। सेवा उपलब्ध भएसँगै भ्वाइस कलमा हाइ डेफिनेसन स्तर एवम् फोन डायल गर्नासाथ सम्पर्क स्थापित हुने दाबी टेलिकमको छ। अहिले कल गर्ने र उठाउनेबीच सम्पर्क स्थापित हुन केही समय लाग्ने गरेको छ।

टेलिकमले आफ्नो फोरजी नेटवर्कमा २८ दिनसम्म प्रयोग गर्न सकिने एक सय मिनेट भीओएलटीइ सुविधा एकपटकका लागि नि:शुल्क दिइरहेको छ। भीओएलटीइ सेवा सुरु गर्ने प्रयोगकर्ताको स्मार्टफोनले आठ सय र १८ सय मेगाहर्ज ब्यान्डको फ्रिक्वेन्सी सपोर्ट गर्नुपर्ने टेलिकमले जनाएको छ।

यी हुन् भीओएलटीइ चल्ने स्मार्टफोन
टेलिकमले सामसङको ग्यालेक्सी ब्राण्डका एम ०१ एस, एम०२, एम ०२ एस, एम ११, एम १२, एम २१, एम ३० एस, एम ३१, ए १२, ए ५१, ए ५२, ए ७०, ए ७० एस, ए ७१, ए ७२, नोट १० लाइट, एस १०, ए १०+, एम १० इ, एस २०, एस २०+, एस २० अल्ट्रा, एस २० एफइ, एस २१, एस २१+, एस २१ अल्ट्रा, नोट १०, नोट १०+, नोट २०, नोट २० अल्ट्रा, जी फोल्ड टूमा भीओएलटीइ सेवा चल्ने जनाएको छ। 

रेडमी एटए, रेडमी नोट नाइन प्रो, रेडमी नोट नाइन, रेडमी नोट सेभेन प्रो, रेडमी नोट १० प्रो, रेडमी नाइनसी, रेडमी नाइनए, रेडमी नाइन प्राइम, रेडमी एट, रेडमी सेभेन, पोको एफ१, एमआइ नोट १० लाइट र एमआइ १० मा भीओएलटीइ प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ। 

यस्तै, नोकियाको ५.३, ७.२ र ३.४ मोडलमा सेवा प्रयोग गर्न सकिने जनाएको छ।