BIZMANDU
www.bizmandu.com

जावा बाइकको बिक्रेता बिस्तार गर्दै क्लासिक, एक वर्ष भित्र बिक्रेता संख्या पाँच सय पुर्‍याउने

२०७८ जेठ १८

जावा बाइकको बिक्रेता बिस्तार गर्दै क्लासिक, एक वर्ष भित्र बिक्रेता संख्या पाँच सय पुर्‍याउने
जावा बाइकको बिक्रेता बिस्तार गर्दै क्लासिक, एक वर्ष भित्र बिक्रेता संख्या पाँच सय पुर्‍याउने

Tata
GBIME

जावा बाइकको उत्पादक कम्पनी क्लासिक लिजेण्ड्सले आफ्नो आधिकारिक बिक्रेता कम्पनी विस्तार गर्ने भएको छ।

कम्पनीले आउँदो एक वर्षभित्र भारतका बिभिन्न शहर र अन्य मुलुकमा गरी आधिकारिक बिक्रेता कम्पनीको संख्या पाँच सय पुर्‍याउने लक्ष्य राखेको छ। चेकोस्लोभाकियाबाट भारतमा तीन वर्षअघि प्लान्ट राखेर उत्पादन थालेको यो कम्पनीले कोभिड दोस्रो लहरको प्रभाव नघट्दै केही महिनायता उत्पादन सुरु गरिसकेको जनाएको छ। 

ब्राण्ड विस्तार गर्ने उद्देश्यले कम्पनीले आफ्नो उत्पादन प्लान्ट सञ्चालनलाई निरन्तरता दिन सुरु गरेको हो। ग्राहकको बुकिङ अनुसार उत्पादन पूर्ति गर्न पनि प्लान्ट पुनः सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ।  

गत फेब्रुअरीमा जावा ४२ स्पोर्ट्स स्ट्राइप्स सार्वजनिक गरेको कम्पनीले डेलिभरी छिटो दिने नीति लिँदै आएको छ। 'जावा ४२ स्पोर्ट्स स्ट्राइप्सले व्यवसायलाई लयमा फर्काउनुका साथै हामीले प्रक्षेपण गरेको भन्दा बढी माग आइरहेको छ। यतिखेर ग्राहकवर्गबाट तीनवटा मोडलको माग अत्यधिक छ। कोभिड दोस्रो लहरका कारण विभिन्न देशमा निषेधाज्ञा भइरहेको बेलामा पनि यो बाइकको माग राम्रो छ,' कम्पनीका सीइओ आशिष सिंह जोशीले भने। 

उनका अनुसार जावाको विभिन्न मोडलका बाइकमध्ये ५० प्रतिशत माग जावा ४२ स्पोर्ट्स स्ट्राइप्सको आएको छ। कोभिडका कारण बिभिन्न मुलुकमा बजार प्रभावित रहेकाले कम्पनीको सप्लाइ चेन प्रभावित भएको अवस्था छ। 

हाल कम्पनीले भारत बाहिर बिभिन्न मुलुकका एक सय ५० शहरमा एक सय ७५ वटा डिलर सञ्जाल विस्तार गरेको जनाएको छ। आउँदो अगस्टसम्म कम्पनीले आधिकारिक बिक्रेताको संख्या दुई सय ७५ कायम गर्ने र १२ महिनामा डिलर संख्या पाँच सय पुर्‍याउने लक्ष्य राखेको छ।
कम्पनीका अनुसार बजारलाई कोभिडको अवरोध रहँदा पनि जावा बाइकको माग घटेको छैन।