BIZMANDU
www.bizmandu.com

चेम्बर अफ कमर्स र चिकित्सक संघको सहकार्यमा टेलिमेडिसिन सेन्टर सुरु, अनलाइन परामर्श लिन सकिने

२०७८ जेठ १७

चेम्बर अफ कमर्स र चिकित्सक संघको सहकार्यमा टेलिमेडिसिन सेन्टर सुरु, अनलाइन परामर्श लिन सकिने
चेम्बर अफ कमर्स र चिकित्सक संघको सहकार्यमा टेलिमेडिसिन सेन्टर सुरु, अनलाइन परामर्श लिन सकिने

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल चेम्बर अफ कमर्स र नेपाल चिकित्सक संघको सहकार्यमा टेलिमेडिसिन सेन्टर आइतबारबाट सञ्चालनमा आएको छ। चेम्बरका अध्यक्ष राजेन्द्र मल्ल र संघका अध्यक्ष डा लोचन कार्कीले संयुक्त रुपमा टेलिमेडिसिन सेन्टरको शुभारम्भ गरेका छन्। 

कोभिड-१९ बाट देश विदेशमा प्रभावित भएका व्यक्तिहरुले टेलिमेडिसिनबाट अनलाइन परामर्श प्राप्त गर्न सक्ने र यो कार्यले महामारी नियन्त्रणमा सहयोग पुग्ने विश्वास मल्लले व्यक्त गरे।

चेम्बरले कोभिड व्यवस्थापन समिति गठन गरेर विभिन्न सरकारी अस्पतालहरुलाई स्वास्थ्य सामाग्री तथा उपकरणहरु हस्तान्तरण हुँदै आएको जानकारी दिए। 

सेन्टर सञ्चालनका लागि साल्ट ट्रेडिङ कर्पोरेसन तथा इश्वरलाल प्रतिष्ठानले पनि सह-प्रायोजन गरेको चेम्बर अफ कमर्सले जनाएको छ। टेलिमेडिसिन सेन्टरबाट सेवा लिन इच्छुक व्यक्तिहरुले 'मेरो डाक्टर' मोबाइल एप डाउनलोड गरी सेवा लिन सक्ने चेम्बरले जनाएको छ।

साथै, उक्त एप कसरी प्रयोग गर्ने सम्बन्धमा आवश्यक जानकारी www.merodoctor.com/help मा प्राप्त गर्न सक्ने बताइएको छ।