BIZMANDU
www.bizmandu.com

विद्युतीय गाडीमा सरकारको सकारात्मक मुभ, हट्यो अन्त:शुल्क, टेस्ला ९५ लाखमा आउने, कोना ६८ लाख

२०७८ जेठ १५

विद्युतीय गाडीमा सरकारको सकारात्मक मुभ, हट्यो अन्त:शुल्क, टेस्ला ९५ लाखमा आउने, कोना ६८ लाख
विद्युतीय गाडीमा सरकारको सकारात्मक मुभ, हट्यो अन्त:शुल्क, टेस्ला ९५ लाखमा आउने, कोना ६८ लाख

Tata
GBIME
Nepal Life

काठमाडौं। सरकारले विद्युतीय गाडीलाई प्रोत्साहन गर्दै अन्त:शुल्क घटाएको छ। अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै विद्युतीय गाडीको अन्त:शुल्क घटाएको उल्लेख गरे।

उनले विद्युतीय गाडीको भन्सार समेत घटाएका छन्। योसँगै विद्युती गाडी सस्तो पर्नेछ। व्यवसायीका अनुसार अन्तःशुल्क घटाएपछि टेस्लाको मोडल थ्रीको मूल्य ९५ लाख रुपैयाँमा किन्न पाइनेछ। अहिले यो गाडीको मूल्य १ करोड २५ लाख रुपैयाँ छ। स्रोतका अनुसार एमजी गाडीको मूल्य ५० लाख रुपैयाँको हाराहारीमा आउनेछ।

कियाको निरो र हुण्डाइको कोनाको मूल्य ६८ लाख रुपैयाँको हाराहारीमा पर्नेछ। हुण्डाइ गाडीको नेपालको अधिकृत बिक्रेता लक्ष्मी हुण्डाइका निर्देशक निराकार श्रेष्ठले अन्त:शुल्क हट्दा विद्युतीय गाडीलाई राहत भएको बताउँदै यसले बिक्रीमा सहजता ल्याउने बताए। ‘अहिले नै यति घट्यो भन्न गाह्रो छ। आर्थिक ऐन हेरेपछि मात्रै थाहा हुन्छ,’ उनले बिजमाण्डूसँग भने, ‘तर पुरानै निर्णय सच्याएर राम्रो काम भएको छ।’

अघिल्ला अर्थमन्त्री डा. युवराज खतिवडाले क्षमताका आधारमा अन्तःशुल्क बढाएपछि कोना र निरोको मूल्य १ करोड माथि पुगेको थियो। मूल्य आकासिएपछि दुवै कम्पनीका नेपालका लागि आधिकारिक बिक्रेताले विद्युतीय गाडी आयात गरेका थिएनन्। आयात गरिसकेका गाडी समेत भन्सार यार्डमै थन्किएका थिए। सरकारले बजेटमार्फत विद्युतीय गाडी किन्न प्रोत्साहन गर्न पाँच वर्षसम्म नवीकरण र दर्ता शुल्क नलिने घोषणा समेत गरेको छ।

यो बाहेक नेपालभित्रै विद्युतीय गाडीको एसेम्बल्ड प्लान्ट लगाउन समेत प्रोत्साहन दिने भएको छ। विश्वका टप टेन विद्युतीय गाडी उत्पादकलाई नेपालमा उद्योग लगाउन प्रोत्साहन गरिने बजेटमा उल्लेख छ।