BIZMANDU
www.bizmandu.com

बजेट निर्माणमा योजना आयोग उपाध्यक्ष कँडेल हाबी, ‘पूर्वमन्त्री खतिवडाले चिढ्याउने गरेका थिए’

२०७८ जेठ १५

बजेट निर्माणमा योजना आयोग उपाध्यक्ष कँडेल हाबी, ‘पूर्वमन्त्री खतिवडाले चिढ्याउने गरेका थिए’
बजेट निर्माणमा योजना आयोग उपाध्यक्ष कँडेल हाबी, ‘पूर्वमन्त्री खतिवडाले चिढ्याउने गरेका थिए’

काठमाडौं। बजेट निर्माण अघि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सम्बन्धित सबैको कुरा सुनेका छन्। नरम स्वभावका मन्त्री पौडेलले बजेटअघि निजी क्षेत्रदेखि सम्बन्धित निकायको कुरा सुनेका छन्। 

Tata
GBIME
Nepal Life

पूर्वमन्त्री युवराज खतिवडाले कसैको कुरा नसुनी बजेट निर्माण गर्ने गरेका थिए। अर्थमन्त्रालयका कर्मचारीहरुका अनुसार खतिवडाले आफू निकट व्यावसायी बाहेक अरु कुनै व्यक्तिको कुरा सुन्ने गरेका थिएनन्। आर्थिक क्षेत्रका विज्ञका रूपमा चिनिएका खतिवडा कसैको सुझाव आवश्यक ठान्दैनथे। यतिसम्म की राष्ट्रिय योजना आयोगलाई सम्म मन्त्रालयकै एक अंगका रूपमा सम्झन्थे। सुझाव ग्रहण गर्दैननथे।

यो पटक बजेट निर्माणमा योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेल हाबी भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्री पौडेलसँग उनी निकट मानिन्छन्। यसकारण आगामी बजेटमा कँडेलको सिफारिसका धेरै कार्यक्रम समेटिने छ। स्रोतका अनुसार बजेट अघि योजना आयोगले दिने सुझाव समेत खतिवडाले स्वीकर गर्दैनथे।

आयोगका एक सदस्यले भने 'उपाध्यक्षले उहाँको बानी थाहा पाइसक्नु भएको रहेछ। उहाँले हामीलाई समेत सम्झाउनु हुन्थ्यो। एकपटक लिएर गएको प्रतिवेदन नै सच्याएर ल्याउनुस् भनेर फर्काइदिनु भयो।' उनका अनुसार आयोगलाई खतिवडाले औपचारिकताका लागि मात्रै लिने गरेका थिए। 

ओली प्रधानमन्त्रीमा पुनः नियुक्तिसँगै उपाध्यक्षमा पुनः नियुक्त कँडेल यो पटकको बजेट निर्माणमा नियमित सहभागी छन्। यस्तै महत्वपूर्ण विषयमा मन्त्री पौडेलले कँडेलसहित व्यक्तिसँग बसेर निर्णय लिने गरेका छन्।