
काठमाडौं। चालु आर्थिक वर्षको फागुनसम्म नेपालमा मोबाइल फोन प्रयोगकर्ता तीन करोड ८२ लाख १२ हजार आठ सय पुगेको छ।
सक्रिय रहेका सिमकार्डलाई आधार बनाएर सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मोबाइल संख्या तय गरेको हो।
२०७७ असारसम्म तीन करोड ७० लाख ७३ हजार ६ सय ६२ रहेको मोबाइल फोन संख्या बढ्दै फागुनमा उकालो लागेको मन्त्रालयले जनाएको छ।
आव २०७५/७६ मा चार करोड नाघेको मोबाइल प्रयोग संख्या सरकारले निश्चित समयावधिसम्म सक्रिय नरहेका सिमकार्ड खारेज गरेपछि आव २०७६/७७ मा मोबाइल प्रयोगको संख्या घटेको थियो।
आव २०७४/७५ मा तीन करोड ८३ लाख, २०७३/७४ मा तीन करोड ४१ लाख र २०७२/७३ मा दुई करोड ९७ करोडभन्दा बढी मोबाइल फोन प्रयोगमा थिए।