BIZMANDU
www.bizmandu.com

प्राइम बैंक छाडेर विदेशी बैंकमा पुगे तारा मानन्धर, मस्रेकको नेपालको डेपुटी प्रतिनिधि 

२०७८ जेठ ११

प्राइम बैंक छाडेर विदेशी बैंकमा पुगे तारा मानन्धर, मस्रेकको नेपालको डेपुटी प्रतिनिधि 
प्राइम बैंक छाडेर विदेशी बैंकमा पुगे तारा मानन्धर, मस्रेकको नेपालको डेपुटी प्रतिनिधि 


Tata
GBIME
Nepal Life

काठमाडौं। दुबइको मस्रेक बैंकले नेपालको नायब प्रतिनिधिमा तारा मानन्धरलाई नियुक्त गरेको छ। प्रतिनिधि भने हेमाकुमारी अधिकारी छिन्।

उनको सेकेन्डम्यानका रूपमा मानन्धर नियुक्त भएका हुन्। कोरोना संक्रमणका कारण पृथ्वी श्रेष्ठको निधन भएपछि डेपुटी नेपाल प्रतिनिधि पद खाली थियो।

मस्रेकमा उनले गत बिहीबारबाट काम थालिसकेका छन्। त्यसअघि उनी प्राइम कमर्सियल बैंकको सहायक महाप्रबन्धक थिए। कैलाश विकास बैंकको डेपुटी प्रमुख कार्यकारी अधिकृत रहेका उनी मर्जरपछि प्राइम पुगेका थिए।

कैलाशअघि उनी मुक्तिनाथ विकास बैंकले डेपुटी प्रमुख कार्यकारी अधिकृत थिए। त्यसअघि उनी प्रभु बैंकमा थिए। त्यहाँ पनि उनी डेपुटी प्रमुख कार्यकारी अधिकृत थिए। 

प्रभु बैंकमा जानुअघि उनी बिजनेस युनिभर्सल बैंकमा एक वर्ष नायब महाप्रबन्धकका रूपमा काम गरेका थिए। नेपाल बंगलादेश बैंकबाट करियर सुरु गरेका उनले त्यसपछि एनसीसी बैंक हुँदै स्ट्यान्डर्ड चार्टर्ड बैंक गएका थिए। उनको बैंकिङ क्षेत्रमा करिव २१ वर्षको अनुभव छ।