काठमाडौं । अर्थमन्त्रालयले कोभिड रोकथामका लागि थप रकम विनियोजन गरेको छ। अक्सिजन प्लान्ट, एचडियु जडान र पिसिआर मेसिन खरिदका लागि मन्त्रालयले १२ वटा अस्पतालका लागि ८ करोड १० लाख रुपैयाँको सहमति दिएको हो।
मन्त्रालयले त्रिवि शिक्षण अस्पताललाई ८० लाख, जिल्ला अस्पताल चौतारालाई ७५ लाख, जिल्ला अस्पताल दैलेखलाई ७५ लाख, जिल्ला अस्पाताल धनकुटालाई ७५ लाख, जिल्ला अस्पताल जलेश्वरलाई ७५ लाख, जिल्ला अस्पताल इलामलाई ७५ लाख रुपैयाँ प्रदान गरेको छ।
यस्तै जिल्ला अस्पताल संखुवासभालाई ८० लाख, रामेछाप अस्पतालका लागि ७५ लाख, चौरजहारी अस्पताल रुकुम पश्चिमका लागि ७५ लाख, टिकापुर अस्पताल कैलालीका लागि ७५ लाख, ओखलढुङ्गा अस्पतालका लागि २५ लाख र व्यास अस्पतालका लागि २५ रुपैयाँ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माग गरे अनुसार अर्थ मन्त्रालयले कोभिड नियन्त्रण, उपचार तथा रोकथामका लागि आवश्यक सामग्री तथा पूर्वाधारको व्यवस्था गर्न विभिन्न समयमा सहमति दिँदै आएको छ । मन्त्रालयले अस्पतालहरुलाई ३ अर्ब भन्दा स्रोत सुनिस्चित गरिसकेको छ।