BIZMANDU
www.bizmandu.com

अवस्था सामान्य नभए सम्म सबै सहकारीलाई अत्यावश्यक बाहेकका सेवा बन्द गर्न विभागको निर्देशन

२०७८ बैशाख २९

Tata
GBIME
Nepal Life

काठमाडौं। सहकारी संस्थाहरुलाई अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्न सहकारी विभागले निर्देशन दिएको छ।

विभागले सार्वजनिक सूचना निकालेर सबै संस्थाहरुलाई अत्यावश्यक सेवाहरु स्थानीय प्रशासनको समन्वयमा अत्यन्त कम जनशक्तीबाट संचालन गर्न निर्देशन दिएको हो।

बाँकी सम्पूर्ण  क्रियाकलाप तथा सेवाहरु वर्तमान अवस्था सहज नभएसम्म स्थगन गर्न अनुरोध गरिएको छ। साथै संघ/संस्था तथा सहकारी कर्मीहरुलाई असहज परिस्थितिमा  स्वास्थ्य पूर्वाधारको व्यवस्थापनमा राज्य संयन्त्रसंग समन्वयन गरि आफ्नो भूमिका निर्वाह गर्न पनि अपील गरिएको छ।

सरकारले कोभिड संक्रमणको थप जोखिम तथा क्षति हुन नदिन मुलुकका अधिकांश जिल्लाहरुमा निषेधाज्ञा लगायतका आदेशहरु जारी भएसंगै सहकारीहरुको पनि अत्यावश्यक मात्रै सेवा संचालन गर्ने निर्णय भएको विभागले जनाएको छ।