BIZMANDU
www.bizmandu.com

पूर्व बैंकर निरज श्रेष्ठको कोरोना संक्रमणका कारण बिहान निधन, अघिल्लो रात बुबाको निधन

२०७८ बैशाख २९

पूर्व बैंकर निरज श्रेष्ठको कोरोना संक्रमणका कारण बिहान निधन, अघिल्लो रात बुबाको निधन
पूर्व बैंकर निरज श्रेष्ठको कोरोना संक्रमणका कारण बिहान निधन, अघिल्लो रात बुबाको निधन

Tata
GBIME
Nepal Life

काठमाडौँ। वित्तीय क्षेत्रमा लामो अनुभव भएका बैंकर निरज श्रेष्ठको कोरोना संक्रमणका कारण बुधबार बिहान ११ बजे निधन भएको छ। हिजो राती ११ बजे उनका बुबाको पनि कोरोनाका कारण निधन भएको थियो।

केही समयदेखि संक्रमण भएर उनी अस्पताल भर्ना भएका थिए। बीचमा सन्चो भएको थियो। त्यहीबेला अप्ठेरो भएपछि उनलाई आइसीयुमा राख्न लागिएको थियो। आफूलाई ठिक हुन लागेको र खासै समस्या नभएकाले आफ्नो बेड अरुलाई दिन उनले भनेका थिए।

जब फेरी संक्रमणले च्याप्यो उनले अस्पतालमा बेड पाएनन्। लामो कसरतपछि प्रहरीको हस्पिटलमा बेड पाए। त्यहाँ हुँदा उनले आफूलाई ठिक हुन लागेको भन्दै केही साथीहरुलाई आफ्नो 'सेल्फी' पनि खिचेर पठाएका थिए।

उनको श्रीमती र छोरी छन्। दुबै जना विशेष काम परेर दिल्ली पुगेका छन्। दिल्लीमा उनीहरु दुबै जनालाई कोरोना संक्रमण देखिएको थियो। अस्ति संक्रमण मुक्त भएको रिपोर्ट आएको थियो। आज उनीहरु नेपाल आउँदैछन्।

श्रेष्ठ माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतसमेत भएका थिए। बीचमा केही दिनलाई सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत समेत भएका थिए। तर बोर्डमा लफडा भएपछि उनी कार्यालय नै नगइ बाहिरिएका थिए। 

तात्कालिन ग्रिनलेज (अहिलेको स्ट्यान्डर्ड चार्टर्ड) बैंकबाट सन् १९८९ मा बैंकिङ करियर सुरु गरेका थिए। उनले केहि समय ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत भएर पनि काम गरेका थिए। एनआईसी एसिया बैंकमा पनि काम गरेका थिए। 

उनी जोखिम र आन्तरिक नियन्त्रण प्रणालीमा राम्रो दख्खल भएको बैंकर थिए।