BIZMANDU
www.bizmandu.com

एफएनसीसीआईले स्थापना गर्‍यो कोभिड सहायता केन्द्र, अक्सिजनदेखि अस्पतालसम्मको समन्वय गर्ने

२०७८ बैशाख २९

एफएनसीसीआईले स्थापना गर्‍यो कोभिड सहायता केन्द्र, अक्सिजनदेखि अस्पतालसम्मको समन्वय गर्ने
एफएनसीसीआईले स्थापना गर्‍यो कोभिड सहायता केन्द्र, अक्सिजनदेखि अस्पतालसम्मको समन्वय गर्ने

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले कोभिडबाट आम सर्वसाधारणको जीवन रक्षाका लागि सहायता केन्द्र स्थापना गरेको छ। केन्द्रको समन्वय महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले गर्ने भएका छन्।

महासंघका अनुसार सिलिण्डर व्यवस्थापनको जिम्मा महासंघका एशोसिएट उपाध्यक्ष रामचन्द्र संघइ र सौरभ ज्योतिलाई दिइएको छ। अस्पताल र आइसोलेसन केन्द्र सहजीकरणको जिम्मा महासंघले हेमराज ढकाल र रविन श्रेष्ठलाई दिएको छ। महासंघले अस्पताल व्यवस्थापनको जिम्मा इन्जिनीयर देशबन्धु बस्नेत (अजित), बाबुकाजी कार्की र डा. केयुर गौतमलाई दिइएको छ।

कार्की एशोसिएट सदस्य र ‌ओम अस्पतालका पूर्व प्रवन्ध निर्देशक हुन् भने डा. गौतम सम्यक डाइग्नोस्टिकका संचालक हुन्। एम्बुलेन्स र आइसोलेसन केन्द्रक व्यवस्थापनको जिम्मा रञ्जित आचार्यलाई दिइएको छ। औषधि मेडिकल/उपकरण व्यवस्थापनको जिम्मा प्रवलजंग पाण्डे र भक्त हमाललाई दिएको महासंघले जनाएको छ।

महासंघले होटल र हवाई यातायातको जिम्मा ज्योत्सना श्रेष्ठ, विनायक शाह र विनोद सापकोटालाई दिएको जनाएको छ। केन्द्रबाट सेवा लिन महासंघ सचिवालयका अधिकृत हरि पौड्याल र रिकु घिमिरेलाई ९८०१०९६८१२/९८०११९२५९१मा टेलिफोन र एसएमएसबाट आवश्यक सेवा टिपाउन सक्ने महासंघले जनाएको छ। केन्द्रले महासंघका सदस्य, उद्यमी, व्यवसायी एवं सर्वसाधारणको माग अनुसार सेवा दिने जनाएको छ।