BIZMANDU
www.bizmandu.com

प्रधानमन्त्री ओलीले सदनमा गुमाए बहुमत : विश्वासको मत मिलेन, सरकार कामचलाउमा परिणत

२०७८ बैशाख २७

प्रधानमन्त्री ओलीले सदनमा गुमाए बहुमत : विश्वासको मत मिलेन, सरकार कामचलाउमा परिणत
प्रधानमन्त्री ओलीले सदनमा गुमाए बहुमत : विश्वासको मत मिलेन, सरकार कामचलाउमा परिणत

Tata
GBIME
Nepal Life

काठमाडौं। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सदनमा विश्वास गुमाएका छन्। आफ्नै पार्टीबाट समेत असहयोग हुँदा ओलीले विश्वासको मत नपाएका हुन्। 

२०७४ साल फागुन ३ गते प्रधानमन्त्री नियुक्त भएका ओलीले सोमवार प्रतिनिधिसभाको विशेष अधिवेशनमा संविधानको धारा १०० को उपधारा (१) बमोजिम आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट पार्न प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १५२ को उपनियम (२) बमोजिम विश्वासको मतको लागि प्रस्ताव प्रस्तुत गरेका थिए।

निर्णयार्थ पेस गर्दा सदनमा उपस्थित मध्ये ९३ ले ओलीलाई मत दिएका छन्। विपक्षमा १२४ मत पर्दा १५ तटस्थ रहे। ओलीले बहुमत गुमाएसँगै कामचलाउमा परिणत भएका छन्। अब नयाँ सरकार गठनको प्रक्रिया पनि प्रारम्भ हुनेछ। 

आज बिहानैदेखि सत्तारुढ दल नेकपा एमालेका सांसदहरु सक्रिय भएका थिए। बिहानसम्म माधवकुमार नेपाल समूहले के गर्छन् भन्ने यकिन भएको थिएन। मध्यक्रमका नेताहरुबिच पटक पटक छलफल भए पनि अन्तिममा सहमति जुट्न सकेन। फलश्वरुप माधवकुमार नेपाल समूहले आजको विश्वासको मत प्रकृयामा सहभागिता नजनाउने निर्णय गर्‍यो। उनीहरुको अनुपस्थितिका कारण संसदमा उपस्थित सांसदहरुको संख्या पनि कम हुन पुग्यो।

जनता समाजवादी पार्टी भने यो प्रकृयामा विभाजित बन्न पुग्यो। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र भने प्रधानमन्त्रीको विपक्षमा उभिएका थिए।