BIZMANDU
www.bizmandu.com

एनसेलको योजनाः दैनिक सामसङको स्मार्टफोन जित्ने मौका, विदेशबाट आउने कलमा बोनस सुविधा

२०७८ बैशाख २७

एनसेलको योजनाः दैनिक सामसङको स्मार्टफोन जित्ने मौका, विदेशबाट आउने कलमा बोनस सुविधा
एनसेलको योजनाः दैनिक सामसङको स्मार्टफोन जित्ने मौका, विदेशबाट आउने कलमा बोनस सुविधा

Tata
GBIME
Nepal Life

काठमाडौं। यूएईबाट आउने कलमा हरेक दिन स्मार्टफोन जित्ने योजना एनसेलले सार्वजनिक गरेको छ। एनसेलले वैशाख २८ मंगलबारदेखि लागु हुने गरी योजना घोषणा गरेको छ। 

इदको अवसरमा एनसेलले ल्याएको यो योजना सात दिन सञ्चालन हुने कम्पनीले जनाएको छ। योजना अन्तर्गत यूएईबाट धेरै भन्दा धेरै आगमन कलमा कुरा गर्ने ग्राहकले हरेक दिन सामसङ ग्यालेक्सी ए ट्वान्टी स्मार्टफोन जित्ने एनसेलले जनाएको छ।

यूएईको ‘डू’ मोबाइल सेवा प्रदायकको सिमकार्ड प्रयोगकर्ताहरुले नेपालमा रहेका आफ्ना परिवार, आफन्त वा साथीहरुले यो आकर्षक योजनाको लाभ लिएर स्मार्टफोन जित्न सक्ने एनसेलले जनाएको छ। 

कोरोना भाइरसको दोस्रो लहरले सिर्जना गरेको विषम परिस्थितिमा यो योजनाले एनसेलको नेटवर्कमार्फत् सञ्चार सेवामा खर्च नगरी विदेशमा रहेका परिवारका सदस्य तथा साथीभाइसँग सम्पर्कमा रहन मद्दत पुग्ने विश्वास कम्पनीको छ। 

सात दिनको अवधिमा सात जना ग्राहकले स्मार्टफोन जित्ने छन्। ग्राहकले उठाएको आगमन कलको कुल संख्या, औसत कल समय र कुल कुराकानी गरेको मिनेटको आधारमा स्मार्टफोन विजयी ग्राहकको नाम घोषणा गरिने एनसेलले जनाएको छ।

काठमाडौं उपत्यकामा हाल लागु भएको निषेधाज्ञा हटेको एक हप्तापछि विजयी ग्राहकले आफूले जितेको स्मार्टफोन लिन सक्ने कम्पनीले जनाएको छ। 

स्मार्टफोन जित्ने मौकाको साथसाथै एनसेलका ग्राहकले हरेक अन्तर्राष्ट्रिय आगमन कलमा कुरा गर्दा २० रुपैयाँसम्म बोनस प्राप्त गर्ने बताइएको छ। ग्राहकहरुले १७१२६ डायल गरी सेवा निःशुल्क रूपमा सुचारु गर्न सक्ने एनसेलले जनाएको छ। 

विदेशबाट आउने कलको पहिलो दुई मिनेटपछि हरेक मिनेटमा बोनस पाउन सक्ने बताइएको छ।

यसरी प्राप्त बोनस तीन दिनको लागि मान्य हुने र  ग्राहकहरुले उक्त बोनस एनसेलको नेटवर्क भित्र कुरा गर्न, एसएमएस पठाउन र इन्टरनेट चलाउन प्रयोग गर्न सक्ने बताइएको छ।