BIZMANDU
www.bizmandu.com

प्रभु क्यापिटल व्यवस्थापक रहेको एक अर्बको ‘प्रभु सेलेक्ट फण्ड’ जेठ ५ गतेबाट, सात वर्षको स्किम

२०७८ बैशाख २७

प्रभु क्यापिटल व्यवस्थापक रहेको एक अर्बको ‘प्रभु सेलेक्ट फण्ड’ जेठ ५ गतेबाट, सात वर्षको स्किम
प्रभु क्यापिटल व्यवस्थापक रहेको एक अर्बको ‘प्रभु सेलेक्ट फण्ड’ जेठ ५ गतेबाट, सात वर्षको स्किम

Tata
GBIME
Nepal Life

काठमाडौं। प्रभु क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको प्रभु म्युचुअल फण्डले नयाँ स्किम ल्याउने भएको छ। 

प्रभु बैंक कोष प्रवर्द्धक रहेको म्युचुअल फण्डले 'प्रभु सेलेक्ट फण्ड' ल्याउन लागेको हो।

एक अर्ब रुपैयाँको इकाइहरु निष्कासन गरिने छ। यसमध्ये १४ प्रतिशत कोष प्रवर्द्धकका नाताले प्रभु बैंकले लिने छ। प्रभु क्यापिटलले एक प्रतिशत इकाइ राख्ने छ।

बाँकी रहेको ८५ प्रतिशत अर्थात ८ करोड ५० लाख इकाइ सर्वसाधारणलाई बिक्री गरिने छ। इकाइ जेठ ५ गतेबाट निष्कासन हुने छ। छिटोमा ९ गते र यो बीचमा बिक्री नभएमा जेठ १५ गतेसम्म बिक्रीमा राखिने छ। 

यसमा कम्तिमा १०० र बढिमा ८ करोड ५० लाख इकाइका लागि आवेदन दिन सकिने छ। इकाइको अंकित मूल्य १० रुपैयाँ छ। इकाइको परिपक्व हुने अवधि ७ वर्ष रहेको छ।