BIZMANDU
www.bizmandu.com

महामारीमा कालोबजारीः दुई हजार नपर्ने अक्सिमिटर ३५ सयमा बिक्री, प्रहरीको फन्दामा परे रामहरि

२०७८ बैशाख २५

Tata
GBIME
Nepal Life

काठमाडौं। कोरोना संक्रमणको मौका छोपी बढी मूल्य लिएर अक्सिमिटर बेचेको अभियोगमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले वीरगन्ज महानगरपालिका १६ बस्ने ३२ वर्षीय रामहरि तिवारीलाई नियन्त्रणमा लिएको हो।

तिवारीले आफ्नै घरमा खोलेको औषधी पसलमा १९ सय पर्ने अक्सिमिटरलाई ३५ सय रुपैयाँसम्म लिएर बिक्री गरेको देखिएपछि नियन्त्रणमा लिएको हो। त्यस्तै प्रहरीले उनको पसलबाट १२ वटा अक्सिमिटर समेत बरामद गरेको छ।

उनीविरुद्ध प्रहरीले कालोबजारी ऐन अन्तर्गत अदालतबाट म्याद थप गरी अनुसन्धान गर्ने भएको छ। कोरोना संक्रमण बढ्दै गएपछि केही मानिसले अत्यावश्यक सामाग्रीहरूमा कालोबजारी गर्ने गरेको पाइएको छ।