BIZMANDU
www.bizmandu.com

अमेरिकाको व्यापार घाटा मार्चमा ७४ अर्ब डलर, चीनसँगको व्यापार घाटा ११.६ प्रतिशतले बढ्यो

२०७८ बैशाख २२

अमेरिकाको व्यापार घाटा मार्चमा ७४ अर्ब डलर, चीनसँगको व्यापार घाटा ११.६ प्रतिशतले बढ्यो
अमेरिकाको व्यापार घाटा मार्चमा ७४ अर्ब डलर, चीनसँगको व्यापार घाटा ११.६ प्रतिशतले बढ्यो

Tata
GBIME
Nepal Life

वासिङ्टन। अमेरिकाको अर्थतन्त्रमा पछिल्ला केही महिनादेखि सुधार आइरहे पनि गत मार्च महिनामा व्यापार घाटा ७४.४ अर्ब डलरमा पुगेको छ।

गत फेब्रुअरी महिनामा रहेको व्यापार घाटा ७०.५ अर्ब डलरको तुलनामा मार्चमा यस्तो घाटा ५.६ प्रतिशतले वृद्धि भएको अमेरिकी वाणिज्य विभागले जनाएको छ। आयात ६.३ प्रतिशतले वृद्धि भएर २७४.५ अर्ब डलर पुगेको छ भने निर्यातमा पनि ६.६ प्रतिशतले सुधार आएर २०० अर्ब डलर पुगेको छ।

राजनीतिक रुपमा निकै संवेदनशील मान्ने गरिएको चीनसँगको व्यापार घाटामा सुधार आएको छैन, बरु चीनसँगको व्यापार घाटा ११.६ प्रतिशतले वृद्धि भएर २७.७ अर्ब डलर भएको छ। स्वाभाविक रुपमा अमेरिकाको चीनसँगको व्यापार घाटा अंक सबैभन्दा बढी छ।

यस वर्षका पहिलो तीन महिना अर्थात् जनवरी, फेब्रुअरी र मार्च महिनामा अमेरिकी व्यापार घाटा कूल २१३ अर्ब डलर भएको छ जुन गत वर्षको सोही अवधिको भन्दा झण्डै ६४ प्रतिशतले बढी छ। उक्त अवधिमा कोरोनाभाइरस महामारीका कारण अमेरिकाका धेरैजसो स्थानमा कडा प्रतिबन्ध र लकडाउन गरिएका थिए। अमेरिकाको सन् २०२० मा ६८१ अर्ब डलर व्यापार घाटा थियो। यो अंक सन् २००८ यताकै सबैभन्दा बढी हो। रासस/एपी