BIZMANDU
www.bizmandu.com

काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा झन कडा, अवज्ञा गर्नेलाई धमाधम जरिवाना गर्न थालियो

२०७८ बैशाख २२

काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा झन कडा, अवज्ञा गर्नेलाई धमाधम जरिवाना गर्न थालियो
काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा झन कडा, अवज्ञा गर्नेलाई धमाधम जरिवाना गर्न थालियो

Tata
GBIME

काठमाडौँ। काठमाडौं उपत्यकाभित्र जारी निषेधाज्ञा थप कडा हुने भएको छ।

स्थानीय प्रशासन कार्यालयहरूले निषेधाज्ञा कडा बनाउन सुरक्षा निकायलाई निर्देशन दिइसकेको छ। बुधबारबाट सडकमा खटिएका सुरक्षाकर्मीले निषेधाज्ञाको अवज्ञा गर्ने, अनावश्यक हिंड्डुल गर्नेहरूलाई कारबाही गर्ने भएको छ।

 निषेधाज्ञा नमान्नेलाई जरिवाना समेत गर्न लागिएको हो। यसअघि अनावश्यक हिँड्ने मानिसलाई केही समय होल्डिङ एरियामा राखेपछि छोड्न गरेको थियो। सवारी साधनको हकमा भने साँझ मात्र फिर्ता दिने गरेको थियो। तर आजबाट भने जरिवाना समेत लिने छ।

'हिजो केहीलाई जरिवाना तिराएका थियौँ। आजबाट थप सक्रियता बढाएका छौँ। कसैले पटक पटक अवज्ञा गरेको पाइयो भने जरिवाना तिराउँछौ,' महानगरीय प्रहरी परिसर ललितपुरका एसपी प्रज्वल महर्जनले भने।

प्रहरीले यसरी निषेधाज्ञा पालना नगर्नेसँग एक सय रुपैयाँ जरिवाना लिने छ। सङ्क्रमण रोग ऐन २०२० अनुसार कारबाही गरेको प्रहरीले जानकारी दिएको छ। मंगलबार ललितपुरमा निषेधाज्ञाको अवज्ञा गर्ने ७ जनालाई जरिवाना तिराएको छ।

त्यस्तै अनावश्यक हिँडडुल गर्ने १ हजार ३ सय २ जनालाई होल्ड गरिएको थियो। काठमाडौं उपत्यकाभित्रका तीन वटै जिल्ला प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञाको समय वैशाख २९ गतेसम्म थप गर्ने निर्णय भइसकेको छ।