BIZMANDU
www.bizmandu.com

चेम्बरले भन्यो-‘ निषेधाज्ञाले कागजपत्र कार्यालयमै छ, अनलाइनबाट कर तिर्न सकिँदैन्’

२०७८ बैशाख २१

चेम्बरले भन्यो-‘ निषेधाज्ञाले कागजपत्र कार्यालयमै छ, अनलाइनबाट कर तिर्न सकिँदैन्’
चेम्बरले भन्यो-‘ निषेधाज्ञाले कागजपत्र कार्यालयमै छ, अनलाइनबाट कर तिर्न सकिँदैन्’

काठमाडौं। नेपाल चेम्बर अफ कमर्शले कर विवरण तथा कर दाखिला  गर्ने म्याद थप गर्न सरकारसँग आग्रह गरेको छ। चेम्बरले विश्वभरी फैलिँदै गइरहेको नयाँ भेरियन्टको कोभिड—१९ महामारी व्यावसायीलाई कर तिर्ने म्याद थप गर्न आग्रह गरेको हो। 

Tata
GBIME
Nepal Life

उपत्यका लगायत अन्य जिल्लाहरूमा समेत संक्रमण तीव्ररुपमा बढिरहेकोले उक्त संक्रमणको रोकथाम र नियन्त्रणको लागि निषेधाज्ञा जारी गरिएको छ । उद्योग, व्यवसाय तथा कार्यालयहरू बन्द रहेका छन् । चेम्बरले विज्ञप्तीमा भनेको छ, 'व्यवसायी तथा कर्मचारीहरू आफ्ना कार्यालयमा जान सक्ने अवस्था रहेको छैन।' आन्तरिक राजस्व विभागले अनलाइनबाट कर तिर्न मिल्ने भन्दै सम्भव भएसम्म कर तिरेर सहयोग गर्न आग्रह गरेको थियो।

सम्बन्धित कागजातहरू पनि कार्यालयमै रहने भएकोले कर तिर्न असहज भएको चेम्बरको भनाई छ।  यस परिस्थितिमा कर विवरण र कर रकम दाखिला गर्न अनलाइनबाट समेत सम्भव नभएकोले आवश्यक म्याद थप गरिदिने व्यवस्थाको लागि चेम्बरले सरकार समक्ष आग्रह गरेको हो।