BIZMANDU
www.bizmandu.com

निषेधाज्ञाको प्रत्यक्ष असर राजस्व संकलनमा, दैनिक संकलनमा ६० प्रतिशतले गिरावट

२०७८ बैशाख २१

निषेधाज्ञाको प्रत्यक्ष असर राजस्व संकलनमा, दैनिक संकलनमा ६० प्रतिशतले गिरावट
निषेधाज्ञाको प्रत्यक्ष असर राजस्व संकलनमा, दैनिक संकलनमा ६० प्रतिशतले गिरावट

Tata
GBIME
Nepal Life

काठमाडौं। सरकारले बिहीबारदेखी निषेधाज्ञाको प्रत्यक्ष असर राजस्व संकलनमा परेको छ। दैनिक ३ देखी ४ अर्बसम्म संकलन भइरहेको संकलन १ अर्बमा सीमित भएको हो। 

चालु वर्षमा सरकारले करिब १० खर्ब १२ अर्ब राजस्व संकलन गर्ने लक्ष्य लिएको छ। चालु वर्षको साढे ९ महिना सकिदा सरकारले ७ खर्ब ३० अर्ब राजस्व संकलन गरेको छ। चालु वर्षको पछिल्लो ४ महिनामा लक्ष्य भन्दा धेरै राजस्व संकलन भैरहेकोमा निषेधाज्ञाले असर पारेको छ। वैशाख १६ देखी सुरु भएको निषेधाज्ञाले राजस्व संकलनमा केही दिनमै ५० देखी ६० प्रतिशतले गिरावट आइसकेको छ। 

महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार बैखाख १६ देखी २० गतेसम्म पाँच दिनमा ६ अर्ब ८९ करोड राजस्व संकलन भएको छ। यस्तै वैशाख १ गतेदेखी १५ गतेसम्म करिब ४० अर्ब राजस्व संकलन भएको छ। देशका प्रमुख शहरहरुमा निषेधाज्ञा जारी हुँदा अत्यावश्यक बाहेक अन्य आर्थिक गतिविधिहरु बन्द भएका छन्। 

यस्तै आयातबाट हुने राजस्व संकलनमा पनि गिरावट आएको छ। चालु वर्ष सकिन करिब ७० दिन बाँकी रहँदा सरकारले राजस्व संकलनको लक्ष्य भेट्न २ खर्ब ८० अर्ब संकलन गर्न आवश्यक छ।  निषेधाज्ञाबीच सरकारले अनलाइनमार्फत कर तिर्न भनेको छ।