BIZMANDU
www.bizmandu.com

दैनिक खाद्यान्नको मौज्दात तीन महिनालाई पुग्ने, उपभोक्ताले स्टक गरेमा मूल्य बृद्धि हुनसक्ने

२०७८ बैशाख २१

Tata
GBIME
Nepal Life

काठमाडौं। चामल, दाल जस्ता दैनिक उपभोग्य वस्तुको मौज्दात पर्याप्त रहेको सरकारले जनाएको छ।

यो वस्तुको मौज्दात तीन महिनाभन्दा बढीको रहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ। 

विभागका महानिर्देशक प्रकाश पौडेलले चामल, दाल, नुन, तेल, चिनी लगायतका दैनिक उपभोग्यवस्तुहरु पूर्ण रूपमा लकडाउन भएको अवस्थामा पनि ३ महिनालाई पुग्नेगरी मौज्दात रहेको बताए। 

उपभोग्य खाद्यवस्तुको आपूर्ति सहजरूपमा भइरहेको पनि उनले जानकारी दिए। मंगलबार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै महानिर्देशक पौडेलले बजारमा खाद्य पदार्थको उपलब्धता सहजरूपमा हुने भन्दै उपभोक्तालाई आवश्यकताभन्दा बढी खरिद संचय नगर्न आग्रह गरे। 

खाद्यपदार्थ अभाव नहुने भएकाले आत्तिनु नपर्ने उनले बताए। भने- ‘उपभोक्ताले उपभोगको मात्रा बढाउँदै आवश्यकताभन्दा बढी खरिद गरिदिएमा भने मूल्यवृद्धिको सम्भावना रहन्छ। अहिले भने आत्तिनुपर्ने अवस्था छैन।’