BIZMANDU
www.bizmandu.com

सीइडीबी हाइड्रोपावरको आइपीओ भर्ने मंगलबार अन्तिम दिन, दुई लाख ३४ हजारले १०/१० कित्ता पाउने

२०७८ बैशाख २१

Tata
GBIME
Nepal Life

काठमाडौं। सीइडीबी हाइड्रोपावर कम्पनीको आइपीओमा आवेदन दिने मंगलबार अन्तिम दिन रहेको छ।

सर्वसाधारणलाई २५ लाख १८ हजार कित्ता सेयर बिक्रि खुल्ला गरेको कम्पनीको आइपीओमा माग भन्दा बढी आवेदन परिसकेको छ।

कुल निष्काशन गरेको  सेयर मध्ये २ प्रतिशतले हुने ५० हजार ३६५ कित्ता सेयर कर्मचारीका लागि र ५ प्रतिशतले हुने १ लाख २५ हजार ९११ कित्ता शेयर सामुहिक लगानी कोषलाई छुट्याइएको छ।

बाँकी रहेको २३ लाख ४१ हजार ९५४ कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको छ। गोला प्रथाबाट  २ लाख ३४ हजार १९५ जनाले १०/१० कित्ता र थप ४ जनाले ११/११ कित्ता सेयर पाउने छन्।

हालसम्म कम्पनीले ४.४ मेगावटको राधि सानो हाइड्रोपावर, १८३ किलोवाटको स्याङन्गे हाइड्रोपावर र ४ मेगावटको खुदि हाइड्रोपावर निर्माण सम्पन्न गरी सञ्चालनमा आइसकेको छ।

त्यस्तै कम्पनीले ११ मेगावटको तल्लो खहेर खोला जलविद्युत, १२ मेगावटको दोर्दी-१ हाइड्रो इलेक्ट्रिक, ५ मेगावटको रुकुमगाड जलविद्युत र ४५ मेगावटको कसुवा खोला जलविद्युत आयोजनाको निर्माण गरिरहेको छ।