BIZMANDU
www.bizmandu.com

महिला लघुवित्तको सेयरमा लगातार ३३ दिनदेखि सर्किट, प्रतिकित्ता मूल्य ४ हजार रुपैयाँ नाघ्यो 

२०७८ बैशाख २१

महिला लघुवित्तको सेयरमा लगातार ३३ दिनदेखि सर्किट, प्रतिकित्ता मूल्य ४ हजार रुपैयाँ नाघ्यो 
महिला लघुवित्तको सेयरमा लगातार ३३ दिनदेखि सर्किट, प्रतिकित्ता मूल्य ४ हजार रुपैयाँ नाघ्यो 

 

Tata
GBIME
Nepal Life


काठमाडौं। महिला लघुवित्त वित्तीय संस्थाको सेयरमा लगातार ३३ दिन सम्म सर्किट लागेको छ।

यस अघि चन्द्रागिरी हिल्सको सेयरमा पनि लगातार ३३ दिन सम्म सकारात्मक सर्किट लागेको थियो। ३३ कारोबार दिन सम्म लगातार मूल्य बढ्ने महिला लघुवित्त दोस्रो कम्पनी हो।

यो सँगै कम्पनीको सेयर मूल्य मंगलबार ४ हजार रुपैयाँ नाघेको छ। मूल्य ४ हजार नाघ्दा पनि कम्पनीको एक लाख कित्ता सेयर खरीद माग रहेको छ।

गत वर्ष चैत २ गते नेप्सेमा सूचीकृत भएको लघुवित्तको सेयर दोस्रो बजारमा चैत ३ गते मंगलबारदेखि कारोबारमा आएको थियो।

कम्पनीको पहिलो कारोबार ४३८ रुपैयाँमा भएको थियो। त्यसपछिको पौने दुई महिना सम्म लगातार ३३ कारोबार दिनसम्म हरेक दिन १० प्रतिशतले मूल्य बढ्दै बैशाख २१ गते प्रति कित्ता ४१५८ रुपैयाँमा किनबेच भएको भइरहेको छ।

१० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले गत वर्ष फागुनमा सर्वसाधारणलाई चार करोड रुपैयाँको साधारण सेयर बिक्री गरेको थियो।