BIZMANDU
www.bizmandu.com

होटललाई क्वारेन्टिन बनाउन सकिदैन? ‘सरकारले अक्सिजन र स्वास्थ्यकर्मी दिएमा बनाउन तयार छौं’

२०७८ बैशाख २१

होटललाई क्वारेन्टिन बनाउन सकिदैन? ‘सरकारले अक्सिजन र स्वास्थ्यकर्मी दिएमा बनाउन तयार छौं’
होटललाई क्वारेन्टिन बनाउन सकिदैन? ‘सरकारले अक्सिजन र स्वास्थ्यकर्मी दिएमा बनाउन तयार छौं’

Tata
GBIME
Nepal Life

काठमाडौं। काठमाडौंमा कोभिड-१९ संक्रमणको ग्राफ बढ्न थालेपछि होटल क्वारेन्टिन र आइसोलेसनको माग बढ्न थालेको छ।तर औपचारिक रुपमा कुनै पनि ठूला होटलले क्वारेन्टिन बनाएका छैनन्।

कोभिड-१९ संक्रमणको पहिलो लहरमा होटल संघ नेपाल र सरकारबीच सहकार्य भएर काठमाडौंका पाँच तारे होटलले क्वारेन्टिन बनाएका थिए। संघका वरिष्ठ उपाध्यक्ष विनायक शाहले कोभिडको दोस्रो लहरमा जोखिम धेरै भएकाले होटल क्वारेन्टिनमा राख्न कठिन हुने बताउँदै-‘विरामीसँगै स्वास्थ्यकर्मी र अक्सिजन लगायतका पूर्वाधार चाहिने भएकाले होटललाई क्वारेन्टिन नबनाएका हौं। सरकारले यो विषयमा सहकार्य गरेर असम्भव भने छैन।’

उनका अनुसार उपत्यका वाहिर केही होटलले व्यक्तिगत रुपमा आइसोलेसन र क्वारेन्टिनको व्यवस्था गरेका छन्। शाहका अनुसार होटल क्वारेन्टिनको माग भने धेरै छ। उनले क्वारेन्टिन र आइसोलेसन सेवाका बारेमा क्षेत्रीय होटल संघहरुसँग छलफल गरेको बताए।

‘हामीले छलफ गरेका छौं। सरकारले पनि अक्सिजन र जनशक्ति दिएमा तत्कालै होटललाई क्वारेन्टिन बनाउन तयार छौं,’ शाहले भने, ‘होटलका कर्मचारीलाई समेत बीमा र निशुल्क उपचारको व्यवस्था भने सरकारले गर्नुपर्छ।’