BIZMANDU
www.bizmandu.com

नेपालमा पनि कार्यालय रहेको आइसीआइसीआइ बैंक कारवाहीमा, केन्द्रीय बैंकले जरिवाना तिरायो

२०७८ बैशाख २१

नेपालमा पनि कार्यालय रहेको आइसीआइसीआइ बैंक कारवाहीमा, केन्द्रीय बैंकले जरिवाना तिरायो
नेपालमा पनि कार्यालय रहेको आइसीआइसीआइ बैंक कारवाहीमा, केन्द्रीय बैंकले जरिवाना तिरायो


Tata
GBIME
Nepal Life

काठमाडौं। नेपालमा समेत प्रतिनिधि कार्यालय रहेको भारतीय आइसीआइसीआइ बैंकलाई त्यहाँको केन्द्रिय बैंकले कारवाही गरेको छ। 

रिजर्भ बैंक अफ इण्डियाले आइसीआइसीआइ बैंकलाई तीन करोड भारु अर्थात ४ करोड ८० लाख नेपाली रुपैयाँ जरिवाना गरेको हो। निर्देशन पालना नगरेको भन्दै आरबीआइले कारवाही गरेको जनाएको छ।

सन् २०१५ जुलाइ १ मा जारी एकिकृत निर्देशन अर्थात 'मास्टर सर्कुलेसन प्रुडेन्सियल नर्मस् फर क्लासिफिकेसन भ्यालुएसन एण्ड अपरेसन अफ इन्भेष्टमेन्ट पोर्टफोलियो' अन्तर्गत कारवाही गरिएको हो। 

बैंकले नीति निर्देशन अनुपालन (कम्प्लायन्स) मा अटेरी गरेका कारण कारवाहीमा परेको हो।

सेयरसँग सम्बन्धित एउटा कमजोरी दोहोर्याएका कारण कारवाहीमा परेको आरबीआइले जनाएको छ। एउटा समूहको सेयर अर्को समूहमा राख्दा बैंकले नियम पालना गरेको थिएन। 

यो २०१७ को कुरा हो। त्यसबेलाको लागि आरबीआइले अहिले कारवाही गरेको हो।