BIZMANDU
www.bizmandu.com

मेगा बैंकले ग्रीन बुटी म्याट्रेस खरीद गर्न किस्ताबन्दी सुविधा ल्यायो, मूल्य ८० हजारदेखि डेढ लाख

२०७८ बैशाख २०

मेगा बैंकले ग्रीन बुटी म्याट्रेस खरीद गर्न किस्ताबन्दी सुविधा ल्यायो, मूल्य ८० हजारदेखि डेढ लाख
मेगा बैंकले ग्रीन बुटी म्याट्रेस खरीद गर्न किस्ताबन्दी सुविधा ल्यायो, मूल्य ८० हजारदेखि डेढ लाख


काठमाडौं। मेगा बैंक नेपालले आफ्ना क्रेडिट कार्डका ग्राहकहरुलाई ग्रीन बुटी ब्राण्डका म्याट्रेस खरिद गर्न किस्ताबन्दी सुविधा ल्याएको छ।

Tata
GBIME
Nepal Life

आई बोस ग्लोबल लाइफ इन्टरनेशनलसँग गत शुक्रबार भएको सम्झौता अनुसार बैंकले किस्ताबन्दीमा म्याट्रेस खरिद गर्ने सुविधा ल्याएको हो। ग्राहकहरुले भौतिक रुपमा तथा आईबोस लाइफ डटकमबाट पनि म्याट्रेस खरिद गर्न सक्ने बैंकले जनाएको छ।

बैंकका अनुसार यसरी किस्ताबन्दीमा खरिद गरेबापत बैंकको ब्याज निःशुल्क गरिएको छ भने कूल मूल्यको शतप्रतिशतसम्म फाइनान्सिङको सुविधा उपलब्ध गरिएको छ। आई बोस ग्लोबल लाइफ इन्टरनेशनल उत्कृष्ट म्याट्रेस उत्पादन गरिरहेको नेपाली कम्पनी हो। आई बोसले ग्रीन बुटी ब्राण्डका ८० हजारदेखि डेढ लाख रुपैंयाँसम्मका म्याट्रेस उत्पादन गरिरहेको छ।

ग्राहकहरुलाई छ महिना तथा एक बर्ष गरी दुई वटा किस्ताबन्दीको सुविधा दिइएको बैंकले जनाएको छ।