BIZMANDU
www.bizmandu.com

सजकता अपनाउन विकास बैंकर्स एसोसिएसनको पत्राचार,’डिजिटल बैंकिङ प्रयोग गर्नुस्’

२०७८ बैशाख २०

सजकता अपनाउन विकास बैंकर्स एसोसिएसनको पत्राचार,’डिजिटल बैंकिङ प्रयोग गर्नुस्’
सजकता अपनाउन विकास बैंकर्स एसोसिएसनको पत्राचार,’डिजिटल बैंकिङ प्रयोग गर्नुस्’


Tata
GBIME
Nepal Life

काठमाडौं। डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालले विकास बैंकहरुलाई कोरोना महामारीविरुद्ध आवश्यक सजकता अपनाउन निर्देशन दिएको छ। 

सरकारसँगै राष्ट्र बैंकले विभिन्न समयमा बैंक तथा वित्तीय संस्थाहरुलाई कोरोना विरुद्ध पालना गर्नुपर्न निर्देशन स्मरण गराएको छ।

एसोसिएसनले राष्ट्र बैंकबाट जारी गरिएको निर्देशनको अक्षरश पालना गर्न र कर्मचारी तथा ग्राहकहरुको स्वास्थ्यलाई उच्च प्राथमिकता दिएर संक्रमण फैलिन नदिन हरसम्भव प्रयास गर्न पत्राचार गरेको छ। 

निषेधाज्ञा जारी भएका स्थानहरुमा प्रत्येक सदस्य बैंकले सेवा प्रवाह, सुरक्षा रणनीतिसम्बन्धि योजना तयार गर्ने र ती योजनाहरु सदस्य बैंकहरुबीच समन्वयका लागि आदान प्रदान गर्न एसोसिएसनले आग्रह गरेको छ।

सेवा प्रदान गर्न खोलिने शाखा तथा वैकल्पिक शाखाहरुको सूची बैंकिङ समय समेत उल्लेख गरी प्रत्येक दिन बैंकको वेबसाइट र शाखाका मूल ढोकामा टाँस्नसमेत एसोसिएसनले सदस्य बैंकहरुलाई आग्रह गरेको छ।

सदस्य बैंकले प्रधान कार्यालयमा दुईजना वरिष्ठ पदाधिकारीहरुलाई सम्पर्क व्यक्ति तोकी उक्त पदाधिकारीहरुको नाम, मोबाइल नं., इमेलआदि एसोसियसनको सचिवालयलाई उपलब्ध गराउन पनि आग्रह गरेको छ।

त्यसैगरी, एशोसियसनको माध्यमबाट पहल गरी समाधान गर्नुपर्ने कुनै पनि किसिमका समस्या आएमा अध्यक्ष/उपाध्यक्ष, अन्य कार्यसमिति पदाधिकारी वा सचिवालयमा यथाशिघ्र जानकारी गराउन पनि पत्राचार गरेको छ।

डिजिटल बैंकिङ्बाट बैंकिङ् कारोबार गर्न ग्राहकहरुलाई उत्प्रेरित गर्ने र आवश्यक जानकारी सञ्चारमाध्यमबाट प्रवाह गराउन एसोसिएसनले जोड दिएको छ। 

एसोसिएसनले डिजिटल बैंकिङ् प्रयोग नगरेका ग्राहकहरुलाई यसको प्रयोग गर्न पनि अपिल गरेको छ।