BIZMANDU
www.bizmandu.com

सबै शाखा खुलेकाले बैंकमा भीडभाड घट्यो, २५ प्रतिशतभन्दा कम कर्मचारीले सेवा प्रवाह गर्दै

२०७८ बैशाख १९

सबै शाखा खुलेकाले बैंकमा भीडभाड घट्यो, २५ प्रतिशतभन्दा कम कर्मचारीले सेवा प्रवाह गर्दै
सबै शाखा खुलेकाले बैंकमा भीडभाड घट्यो, २५ प्रतिशतभन्दा कम कर्मचारीले सेवा प्रवाह गर्दै


Tata
GBIME
Nepal Life

काठमाडौं। गत शुक्रबार बसेको कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सिसिएमसी) ले अत्यावश्यक सेवाका हकमा कडाइ गरेपछि बैंक तथा वित्तीय संस्थामा एक चौथाइमात्र कर्मचारी राखेर सेवा सञ्चालन भएको छ। 

सिसिएमसीले बैंक तथा वित्तीय संस्थामा समेत एक चौथाइमात्र कर्मचारी राखेर सेवा सञ्चालन गर्ने निर्णय गरेको थियो। सेवा सञ्चालनलाई सुरक्षित बनाउन आवश्यक सहजीकरण नेपाल राष्ट्र बैंकले गरेको छ। 

सीसीएमसीको निर्णय पछि बैंक तथा वित्तीय संस्थाका मुख्यालयमा २५ प्रतिशत कर्मचारी र शाखाहरुमा पनि सोही अनुपातमा कर्मचारी खटेर सेवा प्रदान सुरु गरिएको नेपाल बैंकर्स संघका अध्यक्ष एवं सानिमा बैंकका सीइओ भुवन दहालले जानकारी दिए।

बैंकका शाखाहरुको हकमा सामान्य समयमा ४-५ जना कर्मचारीले पनि सेवा सञ्चालन गरिरहेकाले अहिलेको परिस्थितिमा ३-४ जना कर्मचारीले शाखाबाट सेवा प्रवाहमा गर्ने उनले बताए।

सीसीएमसी र राष्ट्र बैंकले बैंकहरुको यथार्थ बुझेरै निर्णय लिएको भन्दै दहालले बैंकका सबै शाखाहरु सञ्चालनमा रहेकाले भीडभाड हुन नपाएको जिकिर गरे। नजिक रहेका शाखाहरु भने पालैपालो खोल्ने गरी सम्बन्धित बैंकहरुले सूचना जारी गर्ने बताइएको छ।

त्यसैगरी, नेपाल राष्ट्र बैंकले आइतबार एक सूचना जारी गर्दै भुक्तानी प्रणाली सञ्चालक तथा भुक्तानी सेवा प्रदायकहरुलाई कोभिड-१९ को संक्रमण दोस्रो लहरको रुपमा फैलिंदै गएको भन्दै सतर्कताका साथ सेवा सञ्चालन गर्न निर्देशन दिएको छ।

राष्ट्र बैंकले नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना गरी सेवा प्रवाहमा प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ति तथा सेवाग्राहीमा संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न आवश्यक सम्पूर्ण उपायहरु अवलम्बन गर्न आग्रह गरेको छ।

संस्थाहरुले आफ्नो व्यवसायिक निरन्तरतालाई उच्च प्राथमिकतामा राखी कार्यालयमा उपस्थित नभई सम्पादन गर्न असम्भव हुने कामको लागि मात्र न्यून कर्मचारीको उपस्थितिबाट कार्यसम्पादन हुने व्यवस्था मिलाउन पत्राचार गरेको छ। साथै, भर्चुअल माध्यमको उच्चतम प्रयोग गरी वर्क फ्रम होम तथा रिमोट एसेसबाट कार्य सञ्चालन गर्न निर्देशन दिएको छ।   

संक्रमण जोखिम न्यूनीकरणको लागि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेका स्थानहरुमा रहेका कार्यालयको हकमा २० प्रतिशतभन्दा कम कर्मचारीहरुबाट कार्यसम्पादन गराउन पनि राष्ट्र बैंकले निर्देशन दिएको छ।