BIZMANDU
www.bizmandu.com

युनाइटेड इन्स्योरेन्सको सीइओमा उपासना, ३४ वर्षमा नेपाली बीमा कम्पनीको पहिलो महिला सीइओ

२०७८ बैशाख १९

युनाइटेड इन्स्योरेन्सको सीइओमा उपासना, ३४ वर्षमा नेपाली बीमा कम्पनीको पहिलो महिला सीइओ
युनाइटेड इन्स्योरेन्सको सीइओमा उपासना, ३४ वर्षमा नेपाली बीमा कम्पनीको पहिलो महिला सीइओ

Tata
GBIME

काठमाडौं। युनाइटेड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा उपासना पौडेल नियुक्त भएकी छन्। पौडेललाई चार वर्षका लागि सीइओमा नियुक्त गरिएको हो।

युनाइटेडले आफ्ना लागि पौडेललाई जिम्मेवारीमा पदोन्नति गरे पनि नियुक्तिले उनलाई नेपाली बीमा कम्पनीको पहिलो महिला सीइओ हुने अवसर दिलाएको छ। ३४ वर्षीया पौडेलको बीमा क्षेत्रमा एक दशकको अनुभव छ।

उनले भारतको दिल्ली विश्वविद्यालयको फ्याकल्टी अफ म्यानेजमेन्ट स्टडिज (एफएमएस)बाट उनले एमबीए गरेकी छन्। उनले केही समय भारतमा पनि बीमा क्षेत्रमा काम गरेकी थिइन्। यसअघि पौडेल युनाइटेडको निमित्त सीइओ थिइन।