BIZMANDU
www.bizmandu.com

हुवावे र चाइना मोबाइलले जुलाईमा सिक्स-जी सेटलाइट लन्च गर्ने, के हो सिक्स-जी?

२०७८ बैशाख १९

हुवावे र चाइना मोबाइलले जुलाईमा सिक्स-जी सेटलाइट लन्च गर्ने, के हो सिक्स-जी?
हुवावे र चाइना मोबाइलले जुलाईमा सिक्स-जी सेटलाइट लन्च गर्ने, के हो सिक्स-जी?

Tata
GBIME
Nepal Life

काठमाडौं। हुवावे र चाइना मोबाइलले संयुक्त रुपमा दुईवटा सिक्स-जी परीक्षण सेटलाइट आगामी जुलाईमा लन्च गर्ने दाबी चिनियाँ सञ्चाममाध्यमले गरेका छन्।  

चिनियाँ कम्युनिष्ट पार्टीको मुखपत्र  पिपल्स डेलीले हुवावे र चाइना मोबाइलले लन्च गर्ने सेटलाइटले सिक्स-जी नेटवर्क प्रविधि परीक्षण गर्ने जनाएको छ।

हुवावेका रोटेटिङ अध्यक्ष एरिक सुले हुवावेले अघिल्लो महिना आयोजना भएको ग्लोबल एनालिस्ट कन्फ्रेन्समा सिक्स-जी बजार भित्र्याउने खुलासा गरेका थिए। 'हामीलाई विश्वास छ कि २०३० हाराहारीमा हामी सिक्स-जीलाई बजार भित्र्याउन सक्छौं। तर, अझै पनि हामीलाई सिक्स-जी के हो भन्ने थाहा छैन,' उनले सम्मेलनमा भनेका थिए।

चिनियाँ विज्ञान तथा प्रविधि मन्त्रालयले दुई वटा छुट्टाछुट्टै कार्यदल गठन गरेर सिक्स-जीको अनुसन्धानमा लगाउने तयारी गरेको छ।यस्तै, जर्मन सरकारले सन् २०२५ सम्ममा सिक्स-जीको अनुसन्धान गर्न ८३ करोड ३० लाख अमेरिकी डलर (हालको विनियम दरअनुसार एक खर्ब रुपैयाँ) वित्तीय सहायता प्रदान गर्ने घोषणा यसै साताको सुरुआतमा गरिसकेको छ।

जर्मनीको संघीय शिक्षा तथा अनुसन्धान मन्त्रालयले विज्ञप्तिमा सिक्स-जीसम्बन्धी जर्मनीको अग्रसरता सुरु भएको जनाएको छ। (एजेन्सीको सहयोगमा)