BIZMANDU
www.bizmandu.com

खराब कर्जा बढेपछि सामुदायिक लघुवित्तको खुद नाफा एक करोड ७१ लाख रुपैयाँ मात्रै

२०७८ बैशाख १८

Tata
GBIME
Nepal Life

काठमाडौं। सामुदायिक लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमास सम्म खुद नाफा एक करोड ७१ लाख रुपैयाँ आर्जन गरेको छ।

गत आर्थिक वर्षको सोही अवधिमा भने कम्पनीले दुई करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।चालु आवको नाफा गत वर्षको भन्दा २० प्रतिशतले कम हो।

कम्पनीले ब्याज आम्दानीमा सुधार गरेपनि खराब कर्जाका कारण नाफामा भने उल्लेख्य सुधार गर्न नसकेको हो।

कम्पनीले तेस्रो त्रैमास सम्म करिब ८ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ। गत वर्ष सोही अवधिमा भने ६ करोड ३३ लाख रुपैयाँ मात्रै खुद ब्याज आम्दानी गरेको थियो। 

कम्पनीको नाफा घट्नुमा खराव कर्जाको कारण पनि एक हो। कम्पनीको खराब कर्जा ६ प्रतिशत भन्दा बढी छ। गत आर्थिक वर्षको सोही अवधिमा भने खराव कर्जा २ प्रतिशत मात्रै रहेको थियो।

कम्पनीकी प्रतिसेयर आम्दानी १७ रुपैयाँ छ। मूल्य आम्दानी अनुपात ८२ र प्रति सेयर नेटवर्थ १५० रुपैयाँ रहेको छ।