BIZMANDU
www.bizmandu.com

डिडिंग-ढल्केबर-बथनाहा ४०० केभी प्रसारण लाइनका लागि धनुषामा जग्गा अधिग्रहण अघि बढाइदै 

२०७८ बैशाख १८

डिडिंग-ढल्केबर-बथनाहा ४०० केभी प्रसारण लाइनका लागि धनुषामा जग्गा अधिग्रहण अघि बढाइदै 
डिडिंग-ढल्केबर-बथनाहा ४०० केभी प्रसारण लाइनका लागि धनुषामा जग्गा अधिग्रहण अघि बढाइदै 


Tata
GBIME
Nepal Life

काठमाडौं। निर्माणाधीन डिडिंग-ढल्केबर- बथनाहा ४०० केभी प्रसारण लाइन निर्माणका लागि जग्गा अधिग्रहण प्रक्रिया अघि बढाइएको छ। 

जिल्ला प्रशासन कार्यालय धनुषाले जग्गा अधिग्रहणका लागि सार्वजनिक सूचना निकालेर प्रक्रिया अघि बढाइएको हो। प्रसारणलाइन अन्तर्गत पाँचवटा टावरका लागि १३ कित्ता निजी जग्गा अधिग्रहण गर्न लागिएको हो।

धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा १ र ४ (साविकको भरतपुर ४ र ३) पर्ने जग्गा अधिग्रहण गर्न लागिएको हो।

अरुण-३ जलविद्युत आयोजना विकासका लागि आवश्यक पर्ने जग्गा विकास कर्ता एसजेभीएन अरुण-३ पावर डेभलपमेन्ट कम्पनी प्रालीले गर्न लागेको हो।


सूचनामा जग्गा , घर, गोठ, टहरा तथा रुखविरुवा समेत स्थायी रुपमा अधिग्रहण गर्ने गरि जग्गा प्राप्ति ऐन २०३४ को दफा ९ को उपदफा १ को प्रयोजन र जग्गाको स्वामित्वमा फरक पर्न गएको भएमा  सो समेतका दाबीका लागि आग्रह गरिएको छ।

१५ दिनभित्र आफ्नो जग्गा प्राप्त नगर्नु पर्ने कुनै कारण भए त्यसको कारण खोली सोही ऐनको दफा ११ बमोजिम उजुरी गर्न भनिएको छ।अधिग्रहण गरिने जग्गाहरु रोक्का रहने हुदा उक्त क्षेत्रमा कुनै पनि संरचना थप्ने कार्य नगर्नु समेत आग्रह गरिएको छ। तोकिएको म्यादभित्र निवेदन नदिइ म्याद गुजारेको खण्डामा कानुन बमोजिम हुने सूचनामा उल्लेख छ।