BIZMANDU
www.bizmandu.com

नेपाल-भारत हवाई उडानमा पनि छैनन् यात्रु, एनएसी र एयर इण्डियाले उडान घटाउने तयारी

२०७८ बैशाख १७

Tata
GBIME
Nepal Life

काठमाडौं। कोभिड दोस्रो लहरका कारण यात्रु संख्या कम भएपछि नेपाल वायुसेवा निगम र एयर इण्डियाले उडान संख्या घटाउने भएका छन्।
एयर बबल सम्झौता अनुसार दुई देशका राष्ट्रिय ध्वजावाहक कम्पनीले दैनिक एक/एक उडान गर्दै आएका छन्।

कोभिडसँगै टिकट बुकिङ धमाधम रद्ध गर्न थालेकोले उडान कटौती गर्न लागिएको निगमले जनाएको छ। यात्रु नै कम हुन थालेपछि निगमले उडान मर्ज गरेर साताको अधिकतम दुई उडान गर्ने तयारी गरेको निगमका प्रवन्ध निर्देशक डिमप्रसाद पौडेलले बताए।'पछिल्लो समय यात्रु संख्या घट्दो क्रममा छ। नेपाल- भारत दुबैतर्फ कोभिड संक्रमण बढ्न थालेपछि यात्रुनै कम छन्,'  उनले भने। अहिले नेपालबाट भारत जानेको संख्या बढी छ।

 'नेपाल भ्रमणमा आएका यात्रुहरु धमाधम फर्किँदै गरेको अवस्थाले गर्दा यताबाट जाने यात्रु संख्या उल्लेख्य छ। तर नेपाल आउने यात्रु संख्या निकै कम छ। हामीले यही कुरालाई मध्यउनजर गर्दै उडान संख्या घटाउने योजना बनाएका छौँ।' नेपाल स्थित एयर इण्डियाका एक कर्मचारीले भने।