BIZMANDU
www.bizmandu.com

नासा सेक्यूरिटिजले एकै दिनमा डिम्याट खाता खोल्ने, अनलाइनबाटै आवेदन दिन सकिने

२०७८ बैशाख १७

नासा सेक्यूरिटिजले एकै दिनमा डिम्याट खाता खोल्ने, अनलाइनबाटै आवेदन दिन सकिने
नासा सेक्यूरिटिजले एकै दिनमा डिम्याट खाता खोल्ने, अनलाइनबाटै आवेदन दिन सकिने

Tata
GBIME

काठमाडौं। नासा सेक्यूरिटिजले अनलाइनमार्फत् एकै दिनमा डिम्याट खाता खोल्ने भएको छ। 

कोभिड-१९ को बिषम परिस्थितिलाई ध्यानमा राख्दै कम्पनीले घरबाटै लगानीकर्ताहरुलाई सहज रुपमा डिम्याट खाता खोल्ने व्यवस्था गरेको जनाएको छ। 

कम्पनीको वेबसाइटमा गएर लगानीकर्ताहरुले अनलाइन आवेदन दिन सक्ने छन्। आवेदन दिएकै दिन लगानीकर्ताले डिम्याट खाता नम्बर प्राप्त गर्न सक्ने नासा सेक्यूरिटिजले जनाएको छ। 

डिम्याट खाता खोल्न नागरिकताको प्रतिलिपि, नाबालकको हकमा जन्मदर्ता र अभिभावकको नागरिकता आवश्यक पर्ने कम्पनीले जनाएको छ।